११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन्ः अध्यक्ष दाहाल

मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन्ः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा चुनाव लडिसकेको र अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा र नयाँ शक्तिको रुपमा देशभर छाएको बताउनु भयो ।

उहाँले आफूलाई ०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आश गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको बताउनु भयो । उहाँले आफूसँग तस्बिर खिच्न, आफूलाई छुन चाहनेहरु अहिले पनि देश दौडाहाका क्रममा बढिरहेको महशुस आफूले गरेको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालमा हाम्रो शान्ति प्रक्रियामा आइसकेपछि, दुई तीन वटा चुनाव लडिसकेपछि पहिलो पटक फेरि माओवादी आन्दोलन एउटा नयाँ संश्लेषणमा, एउटा नयाँ शक्तिको रुपमा देशभर नयाँ अवसरको मोडमा छ । तपाईंहरुले देख्नुभएको छ ।

पूर्वदेखि पश्चिम र दक्षिणदेखि उत्तर जहाँ गएपनि हाम्रो पार्टीप्रति ०६४ को जस्तै लगाव, उभार, आकर्षण देखेको छ । ०६४ मा कस्तो थियो, म जहाँ गयो त्यहाँ बुढाबुढी, युवा युवती, बच्चाबच्ची एक पटक छुन पाए हुन्थ्यो भन्ने थियो । त्यस्तो उभार थियो ।

बीचमा उस्तै उस्तै जस्तो भयो । सबै उस्तै रहेछन् भनेजस्तो भयो । अहिले होइन, माओवादी नै रहेछ हाम्रो पार्टी त भन्ने जनतामा फेरि भएको छ । म जहाँ गएको छु मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने ०६४ को जस्तै देखेको छु ।’

अध्यक्ष दाहालले एक भएर अघि बढेको खण्डमा ०८४ माओवादीको हुने बताउनु भयो । माओवादीहरु देश परिवर्तनको संवाहक भएको उल्लेख गर्नुभयो ।