११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’

‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ–आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताउनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसाररल्होछाररलोसार शुभकामना आदान–प्रदान कार्यक्रममा आज उहाँले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा सबै जातजातिले धार्मिक, भाषिक र सांस्कृतिक दृष्टिकोणबाट समान अधिकार पाएको महसुस गरिरहेका छन् ।” मुलुकमा १२४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेपछि ती भाषाभाषीले आफ्नो पहिचान स्थापित भएको रूपमा ग्रहण गरेको उहाँको भनाइ थियो ।

नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सबै जातजाति र समुदायको कलासंस्कृति तथा पहिचानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो ।