११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो: प्रभु साह

नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो: प्रभु साह
अ अ+ अ-

काठमाडौं, २६ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल कर आतंकले आक्रान्त बनेको भन्दै यसबाट निकाल्नको लागि निर्णायक संघर्षको आवश्यकत्ता औंल्याएका छन् ।

उनले भने,‘आज देशमा कर आतंक छ । दुनियाँमा नभएको कर नेपालमा छन् । नेपालको अर्थतन्त्र करकै कारण ध्वस्त हुँदैछ । कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाई राजश्वमा गैरहेको छ । केन्द्र सरकारले झण्डै होल बजेटको ६७/६८ प्रतिशत राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । बाग्मती प्रदेशले झण्डै ७६ प्रतिशत राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको छ ।’

आम जनता पार्टीको उपत्यका विशेष कमिटीले ‘कर आतंक कहिलेसम्म ?’ शीर्षकमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले केन्द्र सरकारले झण्डै १४ खर्ब, प्रदेश सरकारले २ खर्ब, स्थानीय पालिकाहरुले झण्डै तीन खर्ब राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको तथ्यांक सुनाए । काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेटमा २० अर्बभन्दा बढि राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको पनि उनले जनाए यस्तै, ललितपुर महानगरको ६ अर्ब बजेटमा चार अर्ब राजश्वबाट उठाउने लक्ष्य राखिएको तथ्यांक पेश गरे ।

पूर्वमन्त्री साहले दुनियाँको कुनैपनि देशले २५ प्रतिशतभन्दा बढि राजश्वको लक्ष्य नराखेको बताए । उनले भने,‘अधिकतम कर २५ प्रतिशत छ । नेपालमा विश्वकै रेकर्ड तोड्ने । एक तिहाईभन्दा बढि राजश्व उठाउनु, यो भनेको हाम्रो अर्थतन्त्र ड्यामेज गर्नु हो । अरु कुनै देशमा पनि तीन तहमा कर लाग्दैन् । भारत र चीनमा स्थानीय तहमा कर लगाउँदैन् । भारतमा ३७, चीनमा ३४ र अमेरिकामा ५१ वटा सरकार छन् । नेपालमा ७६१ व्टा सरकार छन् । सबै सरकारले कर लगाएका छन् । अनावश्यक कर लगाएर अर्थतन्त्रलाई ध्वस्त बनाउने काम भएको छ । देशको कुल ग्राहस्थ उत्पादन ५७ खर्ब छ । १८ खर्बको बजेट छ । त्यसमा तीन÷चार खर्बमात्रै पूँजीगत खर्चमात्रै हुने ।’

साहले नेपालमा भैरहेको कर आतंक बन्द नगरिए व्यवस्था नै ध्वस्त हुनेपनि टिप्पणी गरे । उनले भने,‘नेपवालमा जो कर आतंक छ । मनपरी कर छ । जे पनि र जे मापनि कर लगाउने आतंक छ। त्यसमा ध्यान दिन आग्रह गर्छु । करको शीर्षक दुनयाँमा नभएको शीर्षक छन्, नेपालमा ४० प्लस कर शीर्षक छन् । केन्द्र सरकारले लगाउने कर २० शीर्षकमा छन् । प्रदेशले ८ देखि ९ वटा कर लिन्छन् । पालिकाले एक दर्जन लिने गरेका छन् । संविधानतः बनाईएको कर झण्डै ४० शीर्षक छन् । भारतमा जम्मा १४ शीर्षक छन् । दर र दायरा पनि नेपालमा बढि छ । जसको कारण महँगी बढिरहेको छ । नेपालमा त करको पनि कर लिने प्रवृत्ति छ । कर भनेको वस्तुको मूल भाउमा लाग्छ । करको कर लिने प्रवृत्ति अस्वभाविक छ । नेपालमा एउटै आइटमको कर ठाउँठाउँमा लिने कुराले नेपाली हैरान छन् ।’

उनले दुनियाँमा कहीँपनि नभएको कुरा नेपालमा उपभोग्य वस्तु र विलाषी सबैमा समान भ्याट लागु भएकोमा पनि आपत्ति जनाए । उनले भने,‘नेपालमात्रै यस्तो देश हो, उपभोग्य वस्तु र विलाषी सबैमा समान भ्याट लाग्छ । करको ढाँचाले नेपाली गरिबी जनताको ढाड भाँचिएको छ । आयकरपनि नेपालमा पाँच लाखमा लाग्छ । जबकी भारतमा २० लाखमा लगाउने गरिएको छ । यहाँ त करपिच्छे कर, मनपरी कर छ । अरु देशको तुलनामा हामी पछि परिरहेका छौं ।’

कर लगाईएन भने देश कसरी चल्छ ? भन्नेलाई उनले आफ्नो पत्नी रिनाकुमारी साहले नेतृत्व गरेको रौतहटको मौलापुर नगरपालिकालाई हेर्न चूनौति दिए । उनले भने,‘मौलापुरमा शून्य कर छ । अरु नगरपालिकाको तुलनामा हाम्रो नगरपालिकामा हेर्न सुझाव दिन चाहन्छु । पालिकामा सबैभन्दा बढि कर काठमाडौं महानगरले लगाएको छ । तर, हामीले नगरपालिकामा पूरै कर मुक्त गरेका छौं, शून्य कर छ । सरकारले आँफै उत्पादन गर्नुपर्छ । अहिले नेपाल सरकारको साधन र स्रोत सबै लुट्ने काम भएको छ । नेपाल सरकारसँग पनि उद्योग छन् । तर, सबै घाटामा छन् । जंगल छ । जंगल आम्दानीको स्रोत हो । झण्डै ४७ प्रतिशत वन छ । प्रत्येक वर्ष वन मन्त्रालयको बजेट १४ अर्ब हुन्छ । तर, रिटर्न केही पनि आउँदैन् । आम्दानी छैन् । नेपालका जलाशय व्यक्तिको स्वार्थमा प्रयोग भएको छ । पहाडमा हाईड्रोपावरलाई बिक्री, तल भारतसँग सिचाइंको लागि बिक्रि भएको छ। बालुवा र गिट्टीपनि किन्नुपर्छ । जलाशय, नदी, नालाबाट कति आम्दानी भयो भनेर हामीले सोध्ने कि नसोध्ने ? यातायात र रेलवे, हवाईजहाजबाट कति आम्दानी भयो ? नेपाल प्राकृतिक सम्पदाले भरिएको भण्डार हो । यसलाई उपयोग गर्नुपर्छ । अहिले जनतालाई करको भारी बोकाईएको छ ।’

उनले अहिले संघीय राजधानी जोड्ने र अरु पनि सडक सबैको अवस्था दूरावस्था रहेको सुनाए । उनले थपे,‘आज सबै सडक बेहाल छन् । पूर्वाधार कर दिन्छौं । अरु देशको तुलनामा हामीले चार गुणा बढि कर तिर्ने । तर, विकास नहुने ? आम्दानीको आधा पैसा यी लुटेराले खाईदिएका छन् । जिडपीको ५० प्रतिशत सरकारको लुटेराले लिएपछि हाम्रो हालत के हुन्छ ?’

नेपालमा कर एकीकृत नभएर मनपरी रहेको साहको टिप्पणी छ । उनले भने,‘७६१ वटा सरकारमध्ये सबभन्दा बढि कर लगाउने सरकार काठमाडौं महानगर हो । मौलापुर र काठमाडौंको तुलना गर्न भन्छु । २५ अर्बको बजेटमा झण्डै २० अर्ब जनताले कर तिर्नुपर्छ । म भन्छु कर छुट गरेर विकास गर्नुपर्छ । गाईलाई खुवाएर दुध लिने कि भोकै राखेर दुध लिने ? अहिले उल्टो बाटोमा हिँडिएको छ । हिजोको व्यवस्थाभन्दापनि गएगुज्रेको व्यवस्था भयोे । यो अहिलेको त संघीयता नै होईन । यो बिगारिएको व्यवस्था हो । यो गणतन्त्रपनि बिागारिएको छ । त्यसैको कारण यो देश उजाडिएको छ । पूरै व्यवस्था नै बिग्रिएको छ । त्यहीँबाट कर आतंक सुरु भएको छ । दुहुने काममा मात्रै सरकार केन्द्रित छन् ।’

साहले भारत र चीनसँग प्रतिष्पर्धा गरेर अर्थतन्त्र बचाउनुपर्ने बेलामा नेपालमा भने शासकहरु उल्टो बाटोमा हिँडेको आरोप लगाए । उनले भने,‘देशको अर्थतन्त्र उकास्नेतिर होईन, मास्नेतिर अहिलेका शासकहरु अघि बढेका छन् । अर्थतन्त्र बलियो बनाउनेतिर ध्यान छैन् । नेपाली जनता पलायन हुँदैछन् । नेपालमा भविष्य नदेख्नु पनि अहिलेको कुव्यवस्था हो, गलत नेता र कर आतंक हो । कर आतंक रोकियो भने हामी भारतसँगको खुला बोर्डरलाई वरदान बनाउन सक्छौं । जथाभावी कर छ । दुनियाँमा नभएको कर नेपालमा छ । जिडिपीको एक तिहाई हिस्सा लुट भैरहेको छ ।’

उनले नेपालले अहिले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनाउने काम गरेको भन्दै सरकारप्रति आक्रोश पोखे । उनले भने,‘हिजो संसारकै अग्लो हिमाल सगरमाथाको नामले त रेकर्ड बनाएकै थियौं । तर अहिले अब लुट, भ्रष्टाचार र कर आतंकमा नेपालले सगरमाथाभन्दापनि अग्लो बनेर विश्वकै रेकर्ड बनाईसक्यो, यसमा लगाम लगाउन जरुरी छ ।’