८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सिन्धुपाल्चोकमा अर्काे बिपत्ति, पहिरोले दुई गाउँ बगे, १७ जना बेपत्ता !

सिन्धुपाल्चोकमा अर्काे बिपत्ति, पहिरोले दुई गाउँ बगे, १७ जना बेपत्ता !
अ अ+ अ-

काठमाण्डौ । यस वर्षको मनसुनी वर्षाले निकै क्षति पुर्याएको सिन्धुपाल्चोकमा गएराति फेरि अर्काे बिपत्ति आइलागेको छ । पहिरोबाट बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् ।

नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस्य वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । बेपत्ताहरूको खोजी गर्ने प्रयास शुरु भएको छ ।

‘‘भिरखर्कमा १० घर पुरिएको खबर आए पनि स्थानीय, जनप्रतिनिधिसँग सम्पर्क हुन सकेको छैन । वडा सदस्य थापाले सुरक्षाकर्मी पनि पुगिनसकेकाले यकिन विवरण पाउन नसकिएको बताएका छन् । घटनास्थलमा सुरक्षा अधिकारी तथा उद्धारकर्मीहरु पुग्ने क्रम भर्खरै शुरु भएकोले क्षतिको यकिन विवरण अझै नआइसकेको बताइएको छ ।  

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा शनिबार राती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको  छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।हाल स्थानीय बासिन्दा, सुरक्षाकर्मीहरु उद्धारकार्यमा संग्लन भएका छन् ।

घटनास्थलको अबस्थाका बारेमा जानकारी लिन  सभामुख अग्निप्रसााद सापकोटा  स्थलमार्गबाट  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङ जादै हुनुहुन्छ । यस बर्षको बर्षात संगै सिन्धुपाल्चोकमा ठुला पहिरोमा निकै जनधनको क्षती भएको छ ।  


तस्बिरहरू : बजीर भण्डारी