८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बजार अनुमगनः म्याद गुज्रेका खाध्य तथा पेय पदार्थ बिक्री

बजार अनुमगनः म्याद गुज्रेका खाध्य तथा पेय पदार्थ बिक्री
अ अ+ अ-

काठमाडौं । काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान राख्न छुट्टै ठाउँ भेटिएन । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा यो अवस्था देखिएको हो । दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ् गरेको होरु उपभोग्य मिति कहिलेसम्म हो, उल्लेख पाइएन । चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या छन् । यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको देखिएन ।

सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने देखियो । त्यसमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरिएको देखिएन । भदौ २७ र २८ गते चावहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा भेटिएको साझा समस्या हो । उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या देखिएको छ । चावहिल चोककै छेउमा एउटै पसलमा दुईटा बोर्ड छन् । मजिन स्टोर र सावरिया होलसेल मार्ट । एउटा सटमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ । यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुई वटा फ्लाट लिएर सामान भण्डारण गरेका छन् । भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन् । भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन । भित्र अँध्यारो छ । पुतली उडिरहेका छन् । ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ । गोदाम प्रमाणित गरेको छैन ।

पसलमा मूल्य सूची छैन । खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने बिषादि पनि बेच्न राखिएको छ । पसलको यो अवस्थाले उपभोक्तालाई कुनै असर गर्दैन । उपभोक्तालाई हतार छ । पैसा तिरेर लिएको सामान कस्तो छरु हेर्ने फुर्सद पनि देखिँदैनथ्यो । यो जस्तै जयबागेश्वरी स्टोरलगायतका स्टोरमा खाद्य सुरक्षाका दृष्टिले भण्डारण असुरक्षित थियो । वडामा दर्ता गर्न नजानु, नापतौल अद्यावधिक नगर्नु पसलका अरु समस्या हुन् ।

मित्र पार्कमा रहेको ठूलो होलसेल जय भोले ट्रेडर्समा पनि ट्याग नभएका दाल र गेडागुडीका प्याकेज थिए । भण्डारण अस्तव्यस्त थियो । अनुगमन समितिले खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि बिभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको छ ।