काठमाडौं । नेपाल वायुसेवा निगमको वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनीसँगै जहाज उडाएका भारतीय मूलका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि भाइरस संक्रमण पुष्टि भएको छ।
क्याप्टेन लामा र कोल्हात्करले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई निगमको २७४ सिट क्षमतायुक्त ‘ए३३०(२००’ सिरिजको वाइड बडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।
निगमका स्रोतका अनुसार काठमाडौंबाट जाँदा २ सय ५० र उताबाट फर्कंदा पनि २ सय ५० हाराहारी नेपाली सेना जहाजमा सवार थिए।
काठमाडौं फर्किएपछि क्याप्टेन लामा र कोल्हात्करसहित सबै क्रु मेम्बरको हिजो आइतबार पिसिआर परीक्षण गरिएको थियो। पिसिआर रिपोर्ट पोजिटिभ आएपछि क्याप्टेन लामा र कोल्हात्कर अहिले काठमाडौं सोल्टीमोडस्थित पाँचतारे होटल सोल्टीमा आइसोलेसनमा बसिरहेका छन्।











