१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज देशभरी १ हजार १ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएकोमा ३ सय ९९ महिला र ७ सय ७१ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । 

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ३७, प्रदेश नम्बर २ मा ९ सय ३३, बागमती प्रदेशमा ४ हजार १ सय र गण्डकी प्रदेशमा ८ सय १४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा २ सय ७८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना संक्रमित रहेका छन । 

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय १७, प्रदेश नम्बर २ मा १ हजार ५४, बागमती प्रदेशमा ३ हजार ८ सय ७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यसैगरी प्रदेश नम्बर ५ मा ७ सय ७८, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ जना गरी देशभरी ७ हजार २ सय ७५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आज आइसियुमा देशभरी १ सय ७९ र भेन्टिलेटरमा २९ जना संक्रमित उपचाररत रहेका छन ।