१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले प्याज निर्यातमा रोक लगाएसंगै नेपालमा बढ्यो भाउ



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा प्याजको मुल्य बढेको छ । भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसंगै प्याजको मूल्य बढ्न थालेको हो ।  

सोमबारको तुलनमा मंगलबार प्याजको भाउ करिब २५ प्रतिशतले बढेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । समितीका अनुसार सोमबार सुकेको प्याजको थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएपनि खुद्रा मूल्य ८० रुपैयाँभन्दा बढी पुगेको छ ।

दक्षिण भारतमा भारी वर्षाका कारण प्याज उत्पादन घटेकाका कारण भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो । भारतमा पनि प्याजको भाउ एक महिनाभित्रमै  तीन गुणासम्म महँगो भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  

वर्षाले भारतको कर्नाटक, आन्ध्र प्रदेशलगायतका दक्षिण भारतीय राज्यमा लगातारको प्याजको उत्पादनमा क्षति पुगेको छ ।