७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध
अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । करिब २०० मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सोमबारदेखि सवारी आवत–जावत अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । “मान्छे पनि हिँड्न नमिल्ने गरी ट्र्याक बगाएको छ”, उहाँले भन्नुभयो, “मानिस आउजाउ गर्ने काठको अस्थायी पुल (साँघु) बनाएका छौँ । पहिरो नरोकिए र बाढी कम नहुँदासम्म सडक मर्मत गर्न गाह्रो छ ।” 

सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउन समस्या भएको छ । मुस्ताङका बगैँचामा स्याउ टिप्न शुरु भएको छ । यसैगरी ढुवानी र अत्यावश्यक कामका लागि आवतजावत पनि प्रभावित भएको छ । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित भएको छ । बिरामीलाई अस्पताल लैजान महँगोमा हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । सडक मर्मत गरी यातायात सञ्चालनका लागि पहल गरिएको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । यसअघि गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक यही भदौ ९ गतेदेखि सञ्चालनमा आएको थियो । 

असार २६ गते रघुगङ्गा नदीमा आएको बाढीले भत्काएको गलेश्वरको बेलिब्रिज साउन २७ गते मर्मत गरेर सञ्चालन गरिएको थियो । यसैगरी साउन ५ गते रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र चालू अवस्थामा रहेको दुई वटा मोटरेबल पुलसहित रुप्सेमा सडक बगाएको थियो । 

मृतकका आफन्तलाई रु ३५ लाख राहत 

गत असारमा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा गएको पहिरोमा ज्यान गुमाएकाका आफन्तलाई सङ्घीय सरकारले पठाएको राहत हस्तान्तरण गरिएको छ । असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको रु ३५ लाख वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मराङको राम्चेका चार जना मृतकका नजिकका हकदार विदेशमा भएकाले पछि हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । 

“बिमको तल्लो गाउँका वीरबहादुर नेपालीसहित परिवारका चारै जनाको मृत्यु भएका कारण हकदार नभएकाले राहत वितरण भएन्”, उहाँले भन्नुभयो, “सरकारको पछिल्लो नियमअनुसार एउटा परिवारका एक जना सदस्यको मृत्यु भएमा दुई लाख र एकभन्दा बढीको एक लाख बढाएर एउटा परिवारलाई पाँच लाखसम्म राहत वितरण गरेका छौ ।” यसअघि प्रतिमृतक रु एक लाखका दरले राहत पाउने व्यवस्था थियो । बेपत्ताको हकमा जीवित फर्किएको अवस्थामा फिर्ता गर्ने र नभेटिए सरकारले दाबी नगर्ने सर्तसहित मृतक सरहनै राहत उपलब्ध गराइएको छ । 

नगदै वितरण गरिएको राहत रकम कार्यक्रमस्थलमै प्रभु र गरिमा बैंकको दरवाङ शाखाका कर्मचारीलाई बोलाएर खाता खोल्न लगाई जम्मा गरिएको थियो । राहत वितरणका लागि सुरक्षा अधिकारीसहित दरवाङ पुग्नुभएका प्रजिअ अधिकारीले दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधिको रोहबरमा राहत वितरण गर्नुभएको थियो । राहतले पीडामा मल्हम लगाउने अपेक्षा गर्दै प्रजिअ अधिकारीले अतिआवश्यकबाहेकका काममा पैसा खर्च नगर्न सुझाव दिनुभयो । प्रदेश सरकारले पठाएको राहत रकम पनि छिट्टै वितरण गरिने प्रजिअ अधिकारीले बताउनुभयो । 

धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पीडितको साथमा तीनै तहका सरकार रहेको बताउँदै राहतबापत प्राप्त रकमले आवास व्यवस्थापनमा उपयोग गर्न आग्रह गर्नुभयो । धौलागिरिका अध्यक्ष पुनले मृतकका प्रतिपरिवार रु दश हजार रुपैयाका दरले किरिया खर्चबापत गाउपालिकाले उपलब्ध गराएको बताउनुभयो । मालिकाका अध्यक्ष रोकाले किरिया खर्चबापत मृतकका परिवारलाई रु २५ हजारका दरले उपलब्ध गराइने बताउनुभयो । 

उहाँहरुले पहिरोबाट घरबास गुमाएकाको पुनःस्थापनाका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी भइरहेको बताउनुभयो । असार २५ र २६ गतेको पहिरोमा मराङमा १९ जनाको मृत्यु, दुई जना बेपत्ता, बिममा आठ जनाको मृत्यु र एक जना बेपत्ता र दुखुमा एक जना बेपत्ता भएका थिए ।