पोखरा । मनिपाल शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा–१० का ७० वर्षीय एक पुरुषको सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भर्दौ २५ मा अस्पताल भर्ना भएका उनमा आइतबार कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले बताए । मृतक क्यान्सर रोगबाट पीडित थिए ।











