१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

हराउँदै ढिकीजाँतोको प्रचलन

हराउँदै ढिकीजाँतोको प्रचलन
अ अ+ अ-

भोजपुर । गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो ।

कुटानी, पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकीजाँतोको प्रयोग हराउन थालेको छ । मानिसहरू उत्पादनमुखीभन्दा पनि आयातित चामल, दाललगायत खाद्य सामग्री प्रयोगमा बढी निर्भर हुँदा पनि ढिकीजाँतोको चलन हराउँदै गएको देखिन्छ ।

विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुुनिक मिलको सहायताले मानिस कुटानी पिसानी गर्दै आएका छन् । दशक अघिसम्म स्थानीयको घरमा ढिकीजाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९९ वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताउनुभयो । पितापुर्खाले गरी ल्याएको यस्ता प्रविधिको संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“गाउँघरमा परम्परागत रूपमा प्रयोगमा ल्याइने ढिकीजाँतो, पानीघट्टको चलन हराउँदै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “पहिला गाउँघरमा ढिकीजाँतो अनिवार्यजस्तै थियो । अहिले त्यस्तो अवस्था रहेन । प्रविधिको विकाससँगै ढिकीजाँतोको चलन इतिहास बन्ने अवस्था छ ।” गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युत्बाट चल्ने मिल राखेर धान, मकै कुट्ने, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागत रूपमा चल्दै आएका ढिकीजाँतो हराउन थालेका हुन् ।

कुटानी–पिसानीका लागि आधुनिक मिलले सहज भएपछि ढिकीजाँतो भने लोप हुँदै गएको स्थानीयको भनाइ छ । मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकीजाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकरसँगै स्वादिष्ट हुने स्थानीयवासी तिलकबहादुर विष्ट बताउनुहुन्छ । “आधुनिक मिलमा कुटानी–पिसानीका लागि सहज छ”, तर परम्परागत चलन हराउँदै गएको अवस्था छ । मिलमा कुटानी–पिसानीका लागि छिटो हुने भएकाले ढिकीजाँतोको चलन हराएको छ”उहाँले भन्नुभयो । गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उहाँको भनाइ छ ।

भौगोलिक रूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँमा भने परम्परागत रूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको स्थानीयवासी रामबहादुर विष्ट बताउनुहुन्छ ।

नयाँ प्रविधिको विकासले परम्परागत ढिकीजाँतो इतिहास बन्ने अवस्था आएको उहाँले बताउनुभयो । परम्परागत रूपमा प्रयोग गर्दै आएका ढिकीजाँतोलाई संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । पूजाआजामा प्रयोग गरिने पिठो चामललगायत कुट्नका लागि ढिकी अनिवार्यजस्तो नै रहेको उहाँको भनाइ छ । परम्परगत रूपमा गरिने काममा मेहनत धेरै परे पनि कम खर्चिलो हुने उहाँले बताउनुभयो । “मेहनत बढी परे पनि ढिकीजाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ”, उहाँले भन्नुभयो, “यस्तो चलन गाउँघरबाट नै हराउँदै जानु दुःखद् हो । यी कुरालाई हामीले पनि संरक्षण गर्न आवश्यक छ ।”

आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिकतत्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ । परम्परागत रूपमा चलन आउने गरेका प्रविधिको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको स्थानीय जानकारहरु बताउँछन् । रासस