१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा



अ+ अ-

चितवन ।  नारायगणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको सडकखण्ड मंगलबार  साढे २ बजेबाट सडक सञ्चालनमा आएको हो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालले इच्छाकामना गाउँपालिका(६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए । सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो ।