२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन



अ+ अ-

कास्की। मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा सञ्चालनमा गर्नुपर्ने माग भएसँगै मस्यौदा निर्माणका लागि सुझाव सङ्कलन सुरु गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आज पोखरामा आयोजित प्रदेशमा मगर र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदा निर्माणका लागि गुरुङ र मगर समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग सुझाव सङ्कलन गरिएको हो ।

सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मस्यौदा तयार गरी विधेयकका रूपमा प्रदेशसभामा पेस गरिने बताए । सहमतिका साथ विवादरहित मस्यौदा विधेयकका रूपमा प्रदेशसभामा पेस गर्नुपर्नेमा उनले जोड दिए।

नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृति देश भएकाले सबै जातजातिको संरक्षण, संवर्द्धन एवं विकास गर्नाका साथै सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धिमा आफ्नो सहयोग रहने मुख्यमन्त्रीको भनाइ छ ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले संविधानले दिएको अधिकार कार्यान्वयन गरी मस्यौदाका रूपमा आएपछि मात्र अन्य प्रक्रिया अगाडि बढ्ने बताए । गुरुङ र मगर भाषाको लिपि तयार गरी अगाडि बढ्न पनि उहाँले सरोकार भएका संस्थाहरूलाई आग्रह गरेका थिए ।

प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गुरुङ र मगर भाषाका बारेमा मस्यौदा तयार गर्नका लागि सम्बन्धित जातिका संस्था र दलहरुले सुझाव दिनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशसभाका उपसभामुख बीनाकुमारी थापाले मस्यौदा तयार गरी प्रक्रियागत रूपमा आउन सबैलाई सुझाव दिए । विधेयकलाई परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

तमुधिं नेपालका अध्यक्ष हुम गुरुङले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न मस्यौदा तयार गरी प्रदेश संसद्मा पेस गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो । सो अवसरमा गुरुङ एवं मगरहरूको हकहितका लागि गठित संस्थाका प्रतिनिधिले सुझाव दिएका थिए ।

मगर समाजका तर्फबाट भनाइ राख्दै खेमबहादुर पुनले प्रारम्भिक मस्यौदाका बारेमा गण्डकी प्रदेशमा बसोबास गर्ने मगरहरूबीच छलफल गरी सहमतिका आधारमा मस्यौदा बनाउनुपर्नेमा जोड दिए। नेपाल मगर सङ्घका केन्द्रीय सचिव लोकेन्द्र थापा मगरले जिल्लाजिल्लामा अन्तरक्रिया र छलफल सञ्चालन गरी परिपक्व रूपमा मस्यौदा ल्याएर संसद्मा पेस गर्ने बताए । रासस