१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा खतिवडा, मन्त्रीको सुविधा दिइने



अ+ अ-

काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई मन्त्रीको सुविधासहित प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाउने निर्णय गरेको हो । 

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै खतिवडालाई मन्त्रीस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको जानकारी दिए ।

संघीय संसदको सदस्य नभए पनि बढीमा ६ महिना मन्त्री हुन सक्ने संवैधानिक प्रावधानका कारण खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।  
उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल गत फागुन २० गतेसम्म मात्र थियो ।