६ पुष २०८२, आईतवार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाईको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैनः वरिष्ठ उपाध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । सरकारले वितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौं भन्नको लागि अध्यादेश ल्याइएको उहाँको आरोप छ । उहाँले दुई तिहाईको घमण्ड नगर्न सत्तारुढ दलका नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले दुई तिहाईको सरकार छ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले वितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरेपनि सूचकहरुले सकारात्मक नरहेको बताउनु भयो । उहाँले सरकारले अहिलेसम्म बे्रक थ्रु बाहेक केही गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सरकारले अध्यादेशको बाढी नै लगाइ दिएको छ । अध्यादेश सरकारले न्याउनै नपाउने होइन । ल्याउन सक्छ । दुईवटा अधिवेशनको बीचमा विशेष आवश्यकता पर्यो भने अध्यादेश ल्याउनकै लागि नै संवैधानिक व्यवस्था भएको हो । तर सरकारले केही दिनमै अधिवेशन शुरु हुँदैछ भन्ने जानी जानी हतार हतारमा किन ल्याउनुपर्यो ? दुई वटा पार्टी मिलेर सरकार बनाएका छन् । र ६ महिनाको बीचमा राम्रो देखाउन लायक काम केही गर्न सकिएन । र अध्यादेशबाट हामीले विकासको ढोका खोल्यौं भन्नको लागि पनि अध्यादेश ल्याउनुप¥यो । अध्यादेश ल्याउने परिपाटीले सांसदहरुलाई पार्टीभित्रै पनि बाध्यकारी पारेर छलफल गर्ने ठाउँ छैन जसरि पनि पास गर्नुपर्छ भन्ने ढंगले जाने स्थिति देखिन्छ । यो दुई दल मिलेपछि दुई तिहाई छ भन्नुहुन्छ । त्यसो हो भने जे जे मन लाग्यो त्यही त्यही गरे भैगो नि त । जे पायो त्यही गर्नको लागि दुई तिहाई हो ? त्यसो भएको हुनाले दुई तिहाईको घमण्ड नगरौं पनि भन्न चाहन्छु म । सँगसँगै बस्दै आएका साथिहरु हौं । दुई तिहाई छ भन्दैमा जे मन लाग्छ त्यही गर्नु हुँदैन । यो कुराले निरङ्कुश साशनको झल्को देखिन्छ । प्रधानमन्त्रीले लामो सुनाउँदा धेरै प्रगति भएछ लागेको थियो । धेरै ब्रेक थ्रु भएछ । उहाँले आर्थिक क्षेत्र सुधार भएको कुरा पनि गर्नुभयो । तर सुचकले त त्यस्तो भन्दैन । रोजगार बढाउने कुनै काम भएको छैन । गाउँहरु खालि भएको छ ।’

उहाँले मिटरब्याज पीडित समस्याहरु अहिलेसम्म समाधान नभएको बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने ऐनहरु नल्याइएको र संसदबाट पास भएका ऐनहरु समेत कार्यान्वयन नभएको उहाँको भनाइ छ ।