२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छः खानेपानीमन्त्री यादव



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रमुख कार्यकारी अधिकृत ९सिइओ० तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा उहाँले भन्नुभयो, “खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय आफ्नो क्षेत्रबाट लागिपरेको छ, आम नागरिकले सहजरुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी खानेपानीको व्यवस्थापन गरौँ ।”

सोही क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा सहज रुपमा खानेपानी वितरण, लिकेज भएका पाइपलाइन मर्मत, खानेपानीका मिटर वितरण गर्ने लगायतका कार्य छिटो छरितो गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीका लिकेज भएका पाइप लाइन चाँडो मर्मत गर्नुहोला, नागरिकले खानेपानीका मिटर नपाएको गुनासो गर्दै आएका छन्, मिटरहरुको चाँडो व्यवस्था गर्न मेरो आग्रह छ ।”

खानेपानी मन्त्रालय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को अभिभावक भएकाले केयुकेएललाई सहज रुपमा पानी वितरण गर्ने कार्यमा मन्त्रालयले पूर्ण साथ र सहयोग गर्दै आएको तथा आगामी दिनमा पनि सम्पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाइ थियो ।

काठमाडौँ उपत्यकासहित देशभरीका खानेपानीका समस्या समाधानका लागि मन्त्रालयले कदम चालिरहेको समेत उहाँले बताउनुभयो । यसैगरी मन्त्री यादवले प्रमुख कार्यकारी अधिकृत ९सिइओ० तथा केयुकेएल कर्मचारी ट्रेड युनियनबीच आपसी मेलमिलामा रही नागरिकलाई खानेपानी पु¥याउने कार्यलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभएको थियो ।

उक्त बैठकमा मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्रचार्यले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले यहाँका नागरिकलाई खानेपानी वितरणको कार्य गर्दै आइरहेको र अबका दिनमा पनि उक्त कार्यलाई थप अघि बढाउँदै पानी लिकेज भएका ठाउँमा चाडो मर्मत गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

उहाँले भन्नुभयो, “केयुकेएलले विपद्को समयमा पनि काठमाडौँ उपत्यकावासीलाई पानी पु¥याउन सफल भएको उदाहरण हामी माझ छ, कतिपय ठाउँमा पानी लिकेज भएर पानी खेर गइरहेको छ, त्यसको रोकथामसहित खानेपानीका मिटर नपाएको गुनासो पनि छ, यसको समस्या चाँडो समाधान गर्नतर्फ ध्यान दिन जरुरी छ ।”

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले काठमाडौँ उपत्यकामा खानेपानी वितरण लगायतका विभिन्न काम भइरहेका र गत असोज ११ गतेको बाढीका कारण कतिपय ठाउँका खानेपानीका मुहान बाढीले बगाएकाले समस्या उत्पन्न भएको बताउनुभयो । आजको उक्त बैठकमा मन्त्रालयका सहसचिव इ मिना श्रेष्ठ, इ रमाकान्त दुवाडीलगायत केयुकेएल कर्मचारी ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको थियो ।




भर्खरै