७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

२२ लाख जरिवाना सङ्कलन

२२ लाख जरिवाना सङ्कलन
अ+ अ-

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी रु २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको  छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ गर्ने अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो ।  एकासी दिनमा १०८ फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले असारमा नौ, साउनमा ४५, भदौ २८ गतेसम्म ५४ गरी १०८ जना अभियुक्त पक्राउ गरेको उनले बताए। उनका अनुसार ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजनिक अपराध, तथा देवानीलगायत मुद्दामा  फरार रहेका व्यक्ति पक्राउ परेका छन् । 
 
तनहुँ प्रहरीले गत आइतबार एकै दिन ३५ फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरुबाट रु २०० देखि दुई लाखसम्म गरी रु चार लाख १६ हजार ३२५ भुक्तानीका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट एकै दिनमा उक्त सङ्ख्यामा उनीहरु पक्राउ गर्नु उपलब्धीमूलक भएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए । छोटो समयमै धेरै अभियुक्त पक्राउ परेपछि  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलको सर्वत्र चर्चा भएको छ । तनहुँ प्रहरीले अब कता आँखा लगाउने हो भन्ने चासो पनि जिल्लाबासीलाई भएको छ ।

“अपराध गर्नेहरु निस्फिक्री हिँड्दा अपराध गरे पनि केही हुँदैन भन्ने भावानाको विकास हुन्छ, त्यसलाई अन्त्य गर्न अभियानकै रूपमा टोली परिचालन गर्दा उनीहरु पक्राउ परेका हुन्”, प्रहरी उपरीक्षक पौडेलले भने । उनी असार ८ गते वाग्मती प्रदेश कार्यालयबाट तनहुँमा आउनुभएपछि फरार व्यक्तिहरुको खोजी कार्यलाई तीव्रता दिइँदै आएको हो ।