२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उहाँले मुलुकको आवश्यकतालाई केन्द्रमा राखेर संसद्को यस अधिवेशनमा विभिन्न ४० वटा विधेयकलाई प्रभावकारी रुपमा अगाडि बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

वर्तमान सरकार गठन भएको छ महिनामा भएको उल्लेख गर्दै उहाँले सरकारले जनअपेक्षालाई समयमै सम्बोधन गर्दै परिणाममुखी निष्कर्षमा पु¥याउन क्रियाशील हुनमा विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकारले राष्ट्रियस्वरुप ग्रहण गरेको उल्लेख गर्दै उहाँले यस अवधिमा जनतामा आशा जगाउने काम भएको, अर्थतन्त्रमा सुधार भएको बताउनुभयो ।

सरकारले पछिल्ला दिनमा ल्याएका केही अध्यादेशका कारण लगानी विस्तार हुने वातावरण बनेको र विगतमा पनि त्यस्तो अभ्यास भएको उहाँको भनाइ थियो । अव्यवस्थित भूमिहीन र सुकुम्वासीलाई व्यवस्थित बसोबास गराउने लक्ष्यका साथ सरकारले अध्यादेश ल्याएको उहाँले बताउनुभयो ।

लोकतन्त्रलाई बलियो बनाउने, गणतन्त्रलाई थप संस्थागत गर्ने, मौलिक हकलाई प्रभावकारी तवरले कार्यान्वयन गर्ने लक्ष्यका साथ आफूहरुले संविधान संशोधनको विषय अगाडि सारेको सांसद भट्टराईको तर्क छ । सरकार गठनका क्रममा नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषयलाई अगाडि सारिएको र त्यसले लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।




भर्खरै