२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस दृढ छः सभापति देउवा



तस्बिरः गोपाल दाहाल/रासस
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र काँग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार गठन भएको दाबी गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताउनु भयो । सरकार सुशासन कायम गर्दै आर्थिक अन्नतिको क्षेत्रमा अघि बढिरहेको सभापति देउावले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतमा सरकार स्थिर नहुँदा मुलुकको आर्थिक स्थितिमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन भएको हो । काँग्रेस र एमालेबीच सात बुँदै सहमति भएर सरकार गठन भएको हो । यसमा अन्यमा दलहरु समेत समाहित छन् । सरकार गठनका बखत भएको सहमति कार्यान्वयनका लागि नेपाली काँग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ र अन्य राजनीतिक दलहरुको सहयोग रहेनछ भन्ने मेले विश्वास गरेको छु । मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्ने सरकारको मुख्य ध्येय हो । सरकार यस मार्गमा सकारात्मक रुपले अघि बढिरहेको छ । र अगामि दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु ।’

सरकारले विगत छ महिनामा गरेका कामहरु सकारात्मक रहेको दाबी गर्दै उहाँले भविष्यमा राम्रो प्रगति हासिल हुने अनुभुति गरेको बताउनु भयो । —