१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज आजदेखि, नेपालले नेदरल्यान्ड्ससँग खेल्दै



अ+ अ-

काठमाडौँ । महिला त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज आज बिहीबारदेखि सुरु हुँदैछ । सिरिजको उद्‌घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ ।

खेल आज मध्याह्न १२ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजदेखि सुरु हुने प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्याण्डले पनि प्रतिस्पर्धा गर्दैछ । माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले सिरिज जित्ने बताएकी छन् ।

प्रतियोगिताअगाडि बुधवार कप्तानसँग भएको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दुले भर्खर प्रधानमन्त्री कप क्रिकेट खेलेका खेलाडी र यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका नेपालकी कप्तान पूजा महतोसँगै दुई खेलाडी रहेकाले आफ्नो टोली सन्तुलित रहेको बताइन् ।

पूर्ण सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने उनको विश्वास छ ।

यस्तै, नेदरल्यान्ड्सकी कप्तान बेबेट्टे डी लिडेले नेपालमा क्रिकेट खेल्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिइन् ।