२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवितै रहेको पुष्टि



अ+ अ-

काठमाडौं । प्यालेस्टिनी समूह हमासले डेढ वर्षदेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको पुष्टि भएको छ । इजरायली पत्रिका टाइम्स अफ इजरायलले सार्वजनिक गरेको बन्दीहरुको सूचीमा विपिनको नाम रहेको छ ।

सार्वजनिक गरिएकाे सूचीमा विपिनको नाम ५८ औं नम्बरमा छ । तर उनी तत्काल छाडिनेको सूचीमा छैनन् । हमासले आज तीन इजरायली र पाँच थाइ नागरिकलाई रिहा गर्दै छ ।

विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।