• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

त्रिविबाट डिग्री लिएका मात्र विद्वान, चिन्तक हुन्छन् र ?



मैले पनि आरआर कलेजको चौरबाट पत्रकारिताको पुस्तक पर्खालबाहिर फालेकै हो ।अब पढदीन तेरो कोर्स भनेर । पढिन । जस्ट एसएलसी पास । तर, कान्तिपुर दैनिकको वरिष्ठ उपसम्पादक, नेपाल म्यागेजिनको कपी एडीटर, अन्नपूर्ण पोस्ट दैनिकको वरिष्ठ उपसम्पादक त भइयो नी । त्याहाँ कसैले मेरो स्कूलीङ डिग्री मागेन । मेरो अनुभव र प्रतिभाबाट हरेक मिडिया ओतप्रोत छन् । आखिर प्रमाणपत्र त केही होइन रहेछ त । 

तरुणवयदेखिको प्यारो सखा ऋषि धमलालाई केही दिनअघि उनको कार्यक्रममा कसैले सोध्यो, ‘कति पढेको छस् ?

उनको प्रश्न सुनेर मलाई लाग्यो उनको चेतना कति कमजोर रहेछ । 

एउटा घनिभूत भ्रम हाम्रो समाजमा । त्रिविबाट डिग्री लिएका मात्र विद्वान, चिन्तक हुन्छन् भन्ने । सायद यही चिन्तनले ऋषिलाई ‘कति पढेको छस्  ? १ भनेर बारम्बार प्रश्न गर्ने गरिन्छ । 

शिक्षा के कोर्सबुक मात्र हो रु अनुभव, अनुभूति र स्वअध्ययन आफैमा विश्वविद्यालय हैन रु 

ऋषि धमला अहिले आफैमा युनिभर्सीटी बनिसक्नु भएको छ । उहाँको सम्पर्क, अनुभव, वैचारिक उदवेलन, पहिचान र सूचना सायद यहाँ मै हुँ भन्नेहरुसँग पनि छैन । ज्ञान भनेको यही हो । 

नेपाली पत्रकारिताको प्रविधि, पँुजी, जनश्रम र अनेक आयामका हामी सहयात्री हौं । ऋषि र हामीजस्ता मानिसहरुको जगमै आजको पत्रकारिता छ । यो योगदानलाई अवमुल्यन गर्न मिल्छ ? 

ऋषिजस्तो विश्वविद्यालयलाई तैंले कति पढेको छस् भनेर सोध्ने दुश्साहस गर्ने त्यो मुर्खलाई के भनौं ?

म एउटा आध्यात्मिक मान्छे , म त सिक्दैछु बल्ल ऋषिबाट । 

ऋषिको गुण

१, स्वीकाभाव (जसले जतिसुकै गाली गरोस्, क्रोध नगर्ने ।)

२ दानी स्वभाव (सवैलाई आफुले कमाएको अर्थ बाँडने ।)

३ आकर्षण ( अरुलाई रिझाएर आकर्षण गर्नसक्ने, गिरिजाबाबुदेखि प्रचण्डसम्म सबैलाई रिझाउनसक्ने अदभूत ।)

४ मेहनत (विहानको बहसदेखि रातीको टक शोसम्म खटनसक्ने, कर्मलाई नै इश्वर ठानेर हिंडनसक्ने, कर्मयोगी ।)

५ गन्तब्यहीनता । अर्थात अस्तीत्व समर्पण (गन्तब्य नबनाई अस्तीत्वको रचनामा स्वाभाविक ढंगले अग्रसर हुने स्वभाव । यो स्वभावमा जो कोही हिंडन सक्दैनन् । )

६ प्रेमल (सदा मुस्कुराउने, हुनै नसक्ने कुरालाई पनि हुन्छ म गरिदिउँला भनेर निरास र अवसादमा परेका मान्छेहरुमा पनि सकारात्मक भाव जगाउनसक्ने । )

७। गतिशीलता ,डाइनामिक, गतिशील, स्थीर नहुने । पदार्थको स्वाभाविक चरीत्रजस्तै चलमलाई रहने, जस्तो कि समुद्रको माछा । श्रीमदभागवत गितामा भनिए झैं निश्काम कर्मको गतिशिलता । 

आहा, ऋषि तिमीजस्तो कर्मशील हुन सक्दीन यार । सात्विक, सार्थक, साहसी, सौम्य, शौन्दर्यपूर्ण र सहयोगी म कसरी बन्न सक्छु र यार ?

मेरो प्यारो मित्र ऋषि यो देशको अदभूत जिनेटिक रुप हो । 

यत्रो धेरै किताब पढेर पनि, यत्रा धेरै मानिसहरु देखेर पनि, यत्रा धेरै स्वभावहरु भोगेर पनि, ऋषि धमलाजस्तो युनिक ९अदितिय० मान्छे मैले अर्को देखिन । 

नेपाल राज्यलाई म भन्छु उनको स्वास्थ्य र सुरक्षामा ख्याल गर । मेरो दिव्य चेतनाले भनिरहेको छ, ऋषि इज द ग्रेट ।