१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

त्रिविबाट डिग्री लिएका मात्र विद्वान, चिन्तक हुन्छन् र ?

त्रिविबाट डिग्री लिएका मात्र विद्वान, चिन्तक हुन्छन् र ?
अ अ+ अ-

मैले पनि आरआर कलेजको चौरबाट पत्रकारिताको पुस्तक पर्खालबाहिर फालेकै हो ।अब पढदीन तेरो कोर्स भनेर । पढिन । जस्ट एसएलसी पास । तर, कान्तिपुर दैनिकको वरिष्ठ उपसम्पादक, नेपाल म्यागेजिनको कपी एडीटर, अन्नपूर्ण पोस्ट दैनिकको वरिष्ठ उपसम्पादक त भइयो नी । त्याहाँ कसैले मेरो स्कूलीङ डिग्री मागेन । मेरो अनुभव र प्रतिभाबाट हरेक मिडिया ओतप्रोत छन् । आखिर प्रमाणपत्र त केही होइन रहेछ त । 

तरुणवयदेखिको प्यारो सखा ऋषि धमलालाई केही दिनअघि उनको कार्यक्रममा कसैले सोध्यो, ‘कति पढेको छस् ?

उनको प्रश्न सुनेर मलाई लाग्यो उनको चेतना कति कमजोर रहेछ । 

एउटा घनिभूत भ्रम हाम्रो समाजमा । त्रिविबाट डिग्री लिएका मात्र विद्वान, चिन्तक हुन्छन् भन्ने । सायद यही चिन्तनले ऋषिलाई ‘कति पढेको छस्  ? १ भनेर बारम्बार प्रश्न गर्ने गरिन्छ । 

शिक्षा के कोर्सबुक मात्र हो रु अनुभव, अनुभूति र स्वअध्ययन आफैमा विश्वविद्यालय हैन रु 

ऋषि धमला अहिले आफैमा युनिभर्सीटी बनिसक्नु भएको छ । उहाँको सम्पर्क, अनुभव, वैचारिक उदवेलन, पहिचान र सूचना सायद यहाँ मै हुँ भन्नेहरुसँग पनि छैन । ज्ञान भनेको यही हो । 

नेपाली पत्रकारिताको प्रविधि, पँुजी, जनश्रम र अनेक आयामका हामी सहयात्री हौं । ऋषि र हामीजस्ता मानिसहरुको जगमै आजको पत्रकारिता छ । यो योगदानलाई अवमुल्यन गर्न मिल्छ ? 

ऋषिजस्तो विश्वविद्यालयलाई तैंले कति पढेको छस् भनेर सोध्ने दुश्साहस गर्ने त्यो मुर्खलाई के भनौं ?

म एउटा आध्यात्मिक मान्छे , म त सिक्दैछु बल्ल ऋषिबाट । 

ऋषिको गुण

१, स्वीकाभाव (जसले जतिसुकै गाली गरोस्, क्रोध नगर्ने ।)

२ दानी स्वभाव (सवैलाई आफुले कमाएको अर्थ बाँडने ।)

३ आकर्षण ( अरुलाई रिझाएर आकर्षण गर्नसक्ने, गिरिजाबाबुदेखि प्रचण्डसम्म सबैलाई रिझाउनसक्ने अदभूत ।)

४ मेहनत (विहानको बहसदेखि रातीको टक शोसम्म खटनसक्ने, कर्मलाई नै इश्वर ठानेर हिंडनसक्ने, कर्मयोगी ।)

५ गन्तब्यहीनता । अर्थात अस्तीत्व समर्पण (गन्तब्य नबनाई अस्तीत्वको रचनामा स्वाभाविक ढंगले अग्रसर हुने स्वभाव । यो स्वभावमा जो कोही हिंडन सक्दैनन् । )

६ प्रेमल (सदा मुस्कुराउने, हुनै नसक्ने कुरालाई पनि हुन्छ म गरिदिउँला भनेर निरास र अवसादमा परेका मान्छेहरुमा पनि सकारात्मक भाव जगाउनसक्ने । )

७। गतिशीलता ,डाइनामिक, गतिशील, स्थीर नहुने । पदार्थको स्वाभाविक चरीत्रजस्तै चलमलाई रहने, जस्तो कि समुद्रको माछा । श्रीमदभागवत गितामा भनिए झैं निश्काम कर्मको गतिशिलता । 

आहा, ऋषि तिमीजस्तो कर्मशील हुन सक्दीन यार । सात्विक, सार्थक, साहसी, सौम्य, शौन्दर्यपूर्ण र सहयोगी म कसरी बन्न सक्छु र यार ?

मेरो प्यारो मित्र ऋषि यो देशको अदभूत जिनेटिक रुप हो । 

यत्रो धेरै किताब पढेर पनि, यत्रा धेरै मानिसहरु देखेर पनि, यत्रा धेरै स्वभावहरु भोगेर पनि, ऋषि धमलाजस्तो युनिक ९अदितिय० मान्छे मैले अर्को देखिन । 

नेपाल राज्यलाई म भन्छु उनको स्वास्थ्य र सुरक्षामा ख्याल गर । मेरो दिव्य चेतनाले भनिरहेको छ, ऋषि इज द ग्रेट ।