८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर
अ अ+ अ-

एजेन्सी । उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पु¥याएको छ । यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ ।

पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ । यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग देखिने गरी कम लागतमा प्रतिस्पर्धा गर्नसक्छ ।

यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ ९सिकाइ० मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो ।

डिपसिकका संस्थापक लियाङ वेनफेङले ‘उच्च–स्तरीय चिपहरूमा प्रतिबन्ध’ यसको काममा ठूलो बाधा साबित भएको स्वीकार गर्नुभएको छ ।

तर विश्लेषकहरूका अनुसार यी प्रतिबन्धहरूले अमेरिकी प्रविधि प्रभुत्व सुनिश्चित गर्ने लक्ष्य राखे पनि उनीहरूलाई पार गर्न चतुर तरिकाहरू विकास गर्न कम्पनीलाई उत्प्रेरित गरेको हुनसक्छ ।

कम्पनीले आफ्नो ठूलो लर्निङ मोडेल सञ्चालन गर्न कम–उन्नत एच८०० चिपहरू प्रयोग गरेको बताएको छ । यी चिपहरू सन् २०२३ को अन्त्यसम्म चीनलाई निर्यात गर्न अनुमति दिइएको थियो ।

“चिपहरूमा चीनको पहुँचमा प्रतिबन्धले डिपसिक टिमलाई ठूलो कम्प्युट प्रशिक्षण लागत बिना नै प्रतिस्पर्धी हुनसक्ने बढी कुशल मोडेलहरू प्रशिक्षण गर्न बाध्य पार्यो”, जर्ज वासिङ्टन विश्वविद्यालयका जेफ्री डिङले भन्नुभयो ।

उहाँका अनुसार डिपसिकको सफलताले ‘अन्य देशलाई अग्रणी मोडेलहरू विकास गर्नबाट रोक्न अमेरिकी निर्यात नियन्त्रणहरू अप्रभावकारी छन्’ भन्ने देखाएको छ ।

“कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई)जस्तो सामान्य–उद्देश्यका प्रविधिलाई बोतलमा थुन्न असम्भव छ भन्ने इतिहासले हामीलाई बताउँछ”, उहाँले भन्नुभयो ।

डिपसिक यस तरिकाले नवप्रवर्तन गर्न बाध्य भएको पहिलो चिनियाँ कम्पनी होइन । प्रविधि दिग्गज हुवावेले अमेरिकी प्रतिबन्धहरूलाई सम्बोधन गर्न आफ्नो व्यवसाय पुनः व्यवस्थित गरेपछि हालका वर्षहरूमा नाफामा फर्किएको छ ।

तर सिलिकन भ्याली र वासिङ्टनमा यस्तो आतङ्क फैलाउने यो पहिलो कम्पनी हो ।

उद्यम पूँजीपति मार्क एन्ड्रिसनले यसलाई ‘स्पुतनिक क्षण’ को रूपमा वर्णन गर्नुभएको छ । स्पुतनिक संयुक्त राज्य अमेरिका र यसको प्रमुख भू–राजनीतिक प्रतिद्वन्द्वीबीचको विशाल प्रविधि अन्तरलाई उजागर गर्ने सोभियत उपग्रह प्रक्षेपणको सन्दर्भ हो ।

लागतको अंश 

वर्षौंसम्म धेरैले एआईमा अमेरिकी वर्चस्व स्वाभाविक मानेका थिए । यो क्षेत्र ओपनएआई र फेसबुक–मूल कम्पनी मेटा जस्ता ठूला सिलिकन भ्याली नामहरूको प्रभुत्वमा थियो ।

चीनले लाखौँ लगानी गरेको र सन् २०३० सम्म एआई प्रविधिमा विश्व नेता बन्ने प्रतिबद्धता जनाए पनि यसका प्रयासहरू प्रशान्तभरि चिन्ता बढाउन पर्याप्त थिएनन् ।

प्रविधि दिग्गज बाइडुको अर्नी बट सार्वजनिक हुँदा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने प्रयास प्रभावशाली हुन सकेन । यसले ठूला प्रविधि कम्पनीहरूका लागि बेइजिङको कडा नियामक वातावरणले कुनै वास्तविक नवप्रवर्तनलाई रोक्नेछ भन्ने धेरैको विचारलाई पुष्टि गरेजस्तो देखियो ।

त्यो जो बाइडेनको प्रशासनको नेतृत्वमा कडा शासनसँग जोडिएको थियो । यसको उद्देश्य एआई ठूला भाषा मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उच्च–प्रविधि चिपहरूको चिनियाँ खरिदलाई सीमित गर्ने थियो ।

तर डिपसिकले ती धेरै धारणाहरूलाई उल्टाइदिएको छ ।

“यसले नवप्रवर्तनका लागि आवश्यक कम्प्युटेशन पावर, डाटा प्रोसेसिङका बारेमा धेरैले राखेका लामो समयदेखिका धारणाहरूलाई उल्टाइदिएको छ”, येल लो स्कूलको पल त्साई चाइना सेन्टरकी कानून अनुसन्धान विद्वान् र वरिष्ठ फेलो सैम स्याक्सले भन्नुभयो, “त्यसैले प्रश्न के हो भने के हामी लागतको अंश र गणनाको अंशमा अत्याधुनिक एआई प्राप्त गर्न सक्छौँ रु”

डिपसिकको मोडेलले लागत कटौती र दक्षतामा जोड दिएको छ भने एआईप्रतिको अमेरिकी नीति लामो समयदेखि मापनको अनुमानमा आधारित छ ।

जर्ज वासिङ्टन विश्वविद्यालयका डिङका अनुसार “राम्रो र राम्रो प्रदर्शन हासिल गर्न समस्यामा बढी र बढी कम्प्युटिङ शक्ति र प्रदर्शन थप्ने ।”

यो राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टारगेट उद्यम पछाडिको केन्द्रीय विचार हो, जापानी विशाल सफ्टब्याङ्क र च्याटजीपीटी निर्माता ओपनएआईको नेतृत्वमा आर्टिफिसियल इन्टेलिजेन्सका लागि पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको पहल ।

तर डिपसिकको आर! च्याटबटको सफलताले नवप्रवर्तन धेरै सस्तोमा आउन सक्छ भन्ने सुझाव दिन्छ । डिपसिकका विकासकर्ताहरूले मात्र ५६ लाख डलरमा निर्माण गरिएको दाबी गरेका छन् ।

केहीले सावधानी अपनाउन आग्रह गर्छन् र कम्पनीका लागत–बचत उपायहरू यति नवीन नहुन सक्छ भनेर जोड दिन्छन् ।

“डिपसिक भी३को प्रशिक्षण लागत प्रतिस्पर्धात्मक भए पनि ऐतिहासिक दक्षता प्रवृत्तिभित्र पर्छन्”, आर१ को अघिल्लो संस्करणका सन्दर्भमा र्यान्ड कर्पोरेशनका एसोसिएट सूचना वैज्ञानिक लेनार्ट हेइमले भन्नुभयो, “एआई मोडेलहरू समयसँगै प्रशिक्षण गर्न निरन्तर सस्तो हुँदै गएका छन् – यो नयाँ होइन, हामीले पूर्वाधार, अनुसन्धान र विकासको पूर्ण लागत चित्र पनि देख्दैनौँ ।”

 जागरण आह्वान 

तथापि ट्रम्पले डिपसिकलाई सिलिकन भ्यालीका लागि एक ‘जागरण आह्वान’ का रूपमा वर्णन गर्नुभएको छ र उनीहरू ‘जित्नका लागि प्रतिस्पर्धामा लेजर–केन्द्रित’ हुन आवश्यक छ भन्नुभएको छ ।

पूर्व अमेरिकी प्रतिनिधि मार्क केनेडीले डिपसिकको सफलताले ‘अगाडि बढ्ने निर्यात नियन्त्रणको प्रभावकारितालाई कमजोर पार्दैन’ भन्नुभयो ।

उहाँले वासिङ्टनले ‘एआई चिपहरूमा प्रतिबन्ध विस्तार’ र चिनियाँ कम्पनीहरूले कुन प्रविधिमा पहुँच पाउन सक्छन् भन्ने बारेमा बढी निगरानी गरेर अर्को कदम चाल्न सक्ने बताउनुभयो ।

तर विल्सन सेन्टरको वाहबा इन्स्टिच्युट फर स्ट्राटेजिक कम्पिटिशनका निर्देशक बनेका केनेडीले यसले आफ्नै उद्योगलाई बलियो बनाउन पनि सक्ने बताउनुभयो ।

“विशुद्ध रूपमा रक्षात्मक उपायहरूको सीमिततालाई ध्यानमा राख्दै यसले घरेलु एआई लगानी बढाउन, गठबन्धनलाई बलियो बनाउन र चीनको एआई इकोसिस्टममा अनैच्छिक रूपमा थप राष्ट्रहरूलाई नधकेली नेतृत्व कायम राख्न सुनिश्चित गर्न नीतिहरू परिष्कृत गर्नसक्छ”, उहाँले भन्नुभयो ।

मर्केटर इन्स्टिच्युट फर चाइना स्टडिज (एमइआरआइसिएस) का विश्लेषक रेबेका अर्सेसाटीले भन्नुभयो, “चीनभन्दा पछि पर्ने वास्तविक डरले अब त्यो धक्कालाई उत्प्रेरित गर्नसक्छ ।”