१५ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डाः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा रहेको बताउनुभएको छ ।

शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त कटिवद्ध रहेको बताउनु भयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने दिशामा दृढतापूर्वक अघि बढेको बताउनु भयो । उहाँले एकतावद्ध भइ राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान गर्नुभयो । राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो । लोकतन्त्रको रक्षा गर्दै शहीदहरुको बलिदानलाई सार्थक बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा हो । नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीज्युको नेतृत्वमा यो संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त हामी कटिवद्ध छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै हाम्रो संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने, संविधानका जुन कल्पनाहरु छन्, त्यसलाई पूर्णता दिनका निमित्त हामी दृढतापूर्वक अघि बढेका छौँ ।’

गृहमन्त्री लेखकले शहीदहरुको देखाएको बाटोमा अघि बढ्दै सुशासन, स्थायित्व र समृद्धिको मार्गलाई सुदृढ गर्दै जानु सबैको कर्तव्य भएको बताउनु भयो । नागरिकको सुरक्षाको प्रत्याभुति गर्न, मुलुकमा शान्ति, स्थिरता तथा विधिको शासन स्थापना गर्न निरन्तर क्रियाशिल रहेको बताउनु भयो ।