७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

प्रधानमन्त्री ओलीले दिनुभो सुगालाई बधाई र मोदीलाई शुभकामना

प्रधानमन्त्री ओलीले दिनुभो सुगालाई बधाई र मोदीलाई शुभकामना
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको प्रधानमन्त्रीमा निर्वाचित भएको अवसरमा योशिहिदे सुगालाई बधाइ ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीट गरेर उहाँलाई बधाइ दिनुभएको हो । 

यासिहिदे सुगा जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख हुनुहुन्थ्यो । यहाँ बुधबार जापानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । नेपाल र नेपाली जनताको तर्फबाट जापानका प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दछु उहाँले आफ्नो ट्वीट अकाउन्टमा भन्नुभएको छ । 

यसैबीच प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जन्म दिनको अवसरमा शुभकामना दिनुभएको छ । ओलीले उहाँलाई पनि आफ्नो ट्वीटर अकाउन्टमार्फत मोदीलाई जन्म दिनको शुभकामना दिनुभएको हो । 

मोदीको जन्म १९५० मा भएको थियो। उहाँ गुजरातको वडनगरमा एक गरिव परिवारमा जन्मिनुभएको थियो। मोदीका बुवा दामोदरसाद मोदी रेल्वेस्टेशनमा चिया बेच्ने काम गर्नुहुन्थ्यो । मोदीले समय समयमा आफ्नो बाल्यकाल बुवालाई सहयोग गर्दै बितेको बताउने गर्नुहुन्छ । 

उहाँले गुजरातमा राम्रो विकास गर्नुभएको थियो । पछि सोही गुजरातको विकास मोडललाई आधार बनाएर केन्द्र राजनीतिमा आउनुभयो र सन् २०१४ मा प्रधानमन्त्री बन्नुभयो ।  विश्वको ठूलो प्रजातन्त्र भनिने भारतमा उहाँले लामो समयपछि भाजपाको पूर्ण बहुमत रहेको सरकार बनाउन सफल हुनुभयो । सन् २०१९ मा भएको संसदीय निर्वाचनमा उहाँ पहिला भन्दा पूर्ण बहुमत ल्याएर दोस्रो कार्यकालको प्रधानमन्त्री बन्नुभएको हो ।