९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने सरकारको कदमविरुद्ध संसदमा एक भएर प्रश्तुत हुन्छौंः अध्यक्ष दाहाल

राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने सरकारको कदमविरुद्ध संसदमा एक भएर प्रश्तुत हुन्छौंः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताउनुभएको छ ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाउनु भयो । उहाँले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामुहिक रुपमा सदनमा प्रश्तुत हुने समेत बताउनु भयो । उहाँले वर्तमान सरकार जनता र राष्ट्रविपरितको काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत रहेको समेत बताउनु भयो । उहाँले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रि र निङ्कुश तरिकाले ल्याएको छ । आफैंले भन्ने गरेको मान्यताविपरित सदनमा भएको विधेयक समेत फिर्ता नलिइकन जवरजस्ति जो अध्यादश ल्याउने काम भएको छ यो स्वेच्छाचारी र निरङ्कुश छ । यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्नेमहसुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन वाध्य छौं र बोलाउँछौं भनेपछि मात्रै सरकारले बल्ल सदन बोलाएको छ । हामी सदनको पहिलो दिनका बैठकभन्दा अगाडि फेरि एकपटक बैठक बसेर सामुहिक ढंगले कसरि सदनमा प्रश्तुत हुने, सकारले जनताको इच्छाविपरित र राष्ट्रविरोधी क्रियाकलापहरु र देशमा आर्थिक संकट बढाउनका लागि जो काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ । आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ त्यसको बारेमा विपक्षी दलहरुलाई सामूहिक रुपले अगाडि बढाउने कोसिश पनि हामीले गरेका छौं ।’

अध्यक्ष दाहालले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तीको आवश्यकता रेहको बताउनु भयो । उहाँले केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरत लागिपरेको समेत बताउनु भयो । उहाँले संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै यसको विरोधमा उत्रिनुपर्ने बताउनु भयो । उहाँले देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरु समाजवाद उन्मुखतिर नभई प्रतिगमन र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित रहेको टिप्पणी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाउँदै मुलुकलाई आर्थिक हिसावले राहत दिने काम गरेको समेत जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘देशको विद्यमान यथार्थतामा नयाँ समाजवादी क्रान्तीको विकल्प आवश्यक छ । हामीले हा्रो जीवनमा जस्तो परिर्वनको अपेक्षा गरेको हो त्यस्तो हुन सकेन । विगतको लामो अनुभनवबाट एकथरि पार्टी र मानिसहरु परिवर्तनलाई उल्ट्याउने जमर्को गरिनै राखे । अहिलेपनि गरिरहेकै छन् । कहिले पटकपटक संविधान मिचेर संसद विघटन गर्नेदेखि कहिले कथाकथित संविधान संशोधनको नाममा यो देशका मजदुर किसानका अधिकार खोस्ने जमर्को भइरहेको छ । अर्कोतिर समाजवादी मोर्चा यो संवधानका उपलब्धीहरुलाई अझै परिमार्जन गर्नुपर्छ । यो पर्याप्त छैन भनेर लागेका छौं । संविधानले समाजवादउन्मुख त भन्यो तर हाम्रा गतिविधि उन्मुख छैनन् । देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरु समाजवादउन्मुखता तिर हैन बरु प्रतिगमनतिर र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित छन् । हामीले यसको विरोध गर्नुपर्छ भनेर संसद विघटनका बेला पनि विरोध गरेकै हौं । खालि पार्टीका सभा समारोह र बैठकबाट मात्र हैन सडकबाट पनि सबै प्रकारका प्रतिगमनका विरुद्ध जनतालाई आन्दोलित गर्ने कोशिस ग¥यौं । र हामी तत्कालिन दृष्टिकोणबाट सफल पनि भयौं । तर पछिल्लो चरणमा हामीले गएको सरकारमा हामीले भ्रष्टाचार र कुशासनको विरोध ग¥यौं र देशलाई आर्थिक राहत दिने प्रयास पनि ग¥यौं ।’

आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएको र उक्त अभियान यथास्थितिवादी र प्रतिगामीहरुलाई मन नपरेको कारण सरकार ढालिएको उहाँको भनाइ छ ।