१७ माघ २०८१, बिहीबार
,
Latest
पोखरा–मुग्लिन आयोजनाः पोखरा–जामुने खण्डमा २८ किमी कालोपत्र कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ मन्त्रिहरुले रिबन काट्ने र संसदमा कानून निर्माण गर्नेमा कुन महत्वपूर्ण बुझ्नुपर्छः सभामुख घिमिरे (अन्तरवार्ता) सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय, आवश्यक परे सडक संघर्ष गर्ने अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर आपसमा ठोक्किए पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प संसद् बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना अदालतको आदेशपछि अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलथल वनमा एक सय ५५ प्रजातिका रुख



अ+ अ-

झापा। जैविक विविधताले भरिपूर्ण जलथल वनहरूमा एक सय ५५ प्रजातिका रुख फेलापरेका छन् ।

वनस्पतिविद् डा लीलानाथ शर्माले जिल्लाको कचनकवल, बाह्रदशी, हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिकासम्म फैलिएका २२ वटा सामुदायिक वन क्षेत्रमा नेपालमा पाइनेमध्ये २५ प्रतिशत विभिन्न प्रजातिका रुख भेटिएका बताए ।

अध्ययनका क्रममा नेपालमा पाइने सात सय रुखमध्ये यहाँ एक सय ५५ प्रजाति पाइएका उनले जानकारी दिए। फरेस्ट एक्सन नेपालको नेतृत्वमा यहाँका वनमा पाइने विविधताको अध्ययन गरिएको थियो । चारकोशे जङ्गलको फडानी हुनबाट बचेको एक खण्ड जलथल वन छ हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

शर्मालगायत डा भाष्कर अधिकारी, योगेन्द्रविक्रम पौडेलले गरेको यस अध्ययनबारे भारतबाट प्रकाशित हुने ‘प्लियोने’ नामक विधागत जर्नलको पछिल्लो अङ्कमा प्रकाशन गरिएको छ । डा शर्माले भने “जलथल वनका रुखबारे लगभग अभिलेख पूरा भएको छ तर पनि थप अध्ययन गर्ने क्रम जारी छ ।

अन्य प्रजाति पनि थप हुने सम्भावनालाई नर्कान मिल्दैन ।” नेपालको कुल वनक्षेत्रको शून्य दशमलव एक प्रतिशत भूभाग ओगटेको जलथलले वन क्षेत्रमा यति धेरै रुखका प्रजाति भेटिँदा र त्यसको प्रचार हुँदा यहाँको जैविक विविधता संरक्षणमा सबैको चासो जानेसमेत उनको बुझाइ छ ।

“देशभरमा तुलतात्मक अध्ययन गर्ने होभने रुखहरूको प्रजातीय विविधताको दृष्टिकोणले जलथल नेपालकै सबैभन्दा धनी क्षेत्र हुनसक्ने अवस्था छ । जलथलमा लटहर, थाकल, लाली, पाँचफल, हार्पुलिया आदिजस्ता दक्षिणपूर्वी एसियामा प्रचुर मात्रामा पाइने रुखका प्रजातिहरू पनि पाइएका छन् ।




भर्खरै