८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पेरिस डाँडा नजानकै लागि ओलीले स्थगित गरे सचिवालय बैठक

पेरिस डाँडा नजानकै लागि ओलीले स्थगित गरे सचिवालय बैठक
अ अ+ अ-

काठमाडौं । नेकपाको आज ११ बजेका लागि बोलाइएको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले भोलिको संविधान दिवसका अवसरमा आज व्यवस्त हुनुपर्ने भएकोले सो बैठक स्थगित गरेको जनाएका छन् ।  तर पनि संविधान दिवसका बारेमा आज प्रधानमन्त्रीको खासै कार्यक्रम छैन । त्यसैले यो बैठक स्थगतको त्यो निहुँ पारे पनि कारण भने अर्कै रहेको बालुवाटार स्रोत बताउँछ । ओली निकट बालुवाटार स्रोत भन्छ– 'पेरिस डाँडा नजानकै लागि ओलीले यो बैठक स्थगित गरेका हुन् । पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा अहिले सो दलका जनबर्गीय संगठनहरुको कार्यालय राखिएको छ । नेकपा एकीकरण भएपछिको पार्टी कार्यालय भने धुमबाराहीमा छ । '

तर पनि सो कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली कुनै पनि बैठकका लागि भनेर अहिलेसम्म गएका छैनन् । यसअघिका कैयौँ कार्यक्रममा बोलाइएको भए पनि उनी पेरिसडाँडा जान मानेका छैनन्, ती कार्यक्रममा प्रचण्डमात्र सहभागी भएका छन् । त्यसैले आज पनि सो बैठक त्यहीँ राखिएकोले अन्तिममा आएर स्थगित गरिएको समाचार स्रोतले बताएको छ । 
सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भनेर यसअघि निकै विवाद भएको थियो । त्यसपछि आजको बैठक पार्टी कार्यालय धुम्बाराहीमा राख्नुपर्ने वरिष्ठ नेता माधव नेपालले जोड गरेका थिए ।

तर अर्का अध्यक्ष प्रचण्डले भने पार्टीको एकीकरणको सन्देश दिनुपर्ने भन्दै पेरिसडाँडा राख्न प्रस्ताव गरेका थिए । सचिवालयको अघिल्लो बैठकमा गरिएको यो प्रस्तावलाई प्रधानमन्त्री ओलीले हुन्छ भनेका थिए । मन्त्रिमण्डल पुनर्गठन, पार्टीमा नेताहरुको व्यवस्थापन तथा अन्य समसामयिक विषयमा छलफलका लागि आजको बैठक बोलाइएको थियो । यो बैठक आइतबारलाई सारिएको छ । तर बैठकस्थल भने अहिलेलाई पेरिस डाँडा नै कायम छ ।