काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पती शुद्धीकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचिकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जानसक्ने सम्भावना रहेको बताउनुभएको छ ।
सोमवार सम्पती शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो संकेत गर्नुभएको हो ।
उहाँले सम्पती शुद्धीकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्शन टास्क फोर्सको एशिया प्यासिफिक ग्रुप एपीजीले नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिष्ट)मा जाने अवस्था देखएको बताउनु भयो । उहाँले आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्युन भनी वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना रहेको बताउनु भयो । उहाँले एफएटीएफले सम्पती शुद्धीकरण गैह्रकानूनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेका मापदण्ड पूरा नभएको आधारमा एपीजीले सम्पती शुद्धीकरणको कालोसूचिमा लैजाने बताउनु भयो ।
उहाँले एफएटीएफले गर्ने फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर ग्रे लिस्टमा राख्ने नराख्ने निर्णय हुने बताउनु भयो । उहाँले नेपाल सम्पती शुद्धीकरणको ग्रे लिस्टमा समावेश भयो भने पनि चाँडै बाहिर निस्कने धेरै आधारशिलाहरु बनेको बताउनु भयो । उहाँले आवश्यक कानून, नियमावलीहरु बनिसकेको बताउनु भयो । उहाँले सम्बन्धित निकायहरुले सम्पती शुद्धीकरण निवारणको लागि प्रभावकारी रुपमा कार्यान्वयनमा जान आवश्यक रहेको बताउनु भयो । उहाँले नियमनकारी निकायहरुले जोखिमका ठाँउहरु पत्ता लगाएर जोखिम न्युनिकरण गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नियमनकारी निकायहरुले समन्वयात्मक रुपमा काम गरे ग्रे लिस्टमा परे पनि चाँडै बाहिर आउनसक्ने उल्लेख गर्नुभयो । उहाँले क्यास कारोबार बढी जोखिमयुक्त कारोबार भएकाले नेपालमा थ्रेस होल्ड तोकिएको बताउनु भयो । उहाँले पछिल्लो दिनहरुमा डिजिटल कारोबारहरु बढ्दै गएको भन्दै त्यसमा प्रशस्त मात्रामा फल्डहरु हुने र टेक्नोलोजि एडभान्समेन्टको फलस्वरुप क्रिप्टो लगायतमा आफ्नो सम्पतीहरु लैजाने प्रयोगहरु बढ्न थालेको बताउनु भयो । उहाँले विश्वभर यस्ता जोखिमहरुलाई नयाँ किसिमले समाधान गदै जानुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले नेपालमा क्रिप्टो करेन्सीलाई पनि जोखिम मानेर निगरानीमा राखेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘क्यास कारोबार बढी जोखिम युक्त कारोबार हो । त्यसैले थ्रेस होल्ड तोकिएको छ । पछिल्लो दिनहरुमा डिजिटल कारोबारहरु बढ्दै गएको छ । त्यसमा पनि प्रशस्त मात्रामा फल्डहरु हुने र टेक्नोलोजि एडभान्समेन्टको फलस्वरुप क्रिप्टो लगायतमा आफ्नो सम्पतीहरु लैजाने प्रयोगहरु बढ्न थालेका छन् । विश्वभर यस्ता जोखिमहरुलाई नयाँ किसिमले समाधान गदै जानुपर्ने भयो । क्रिप्टोलाई पनि जोखिम मानिरहेका छौं । कुनैपनि काम गर्दा जोखिम छ भन्ने होइन । नयाँ–नयाँ रुपमा जोखिमहरु आइरहेका हुन्छन् । त्यस्ता जोखिमलाई हामीले न्युनिकरण गर्न लाग्नुपर्ने हुन्छ । कारबाहीमा पनि यसभित्रको मापदण्डमा कुनैपनि व्यक्तिले गैरकानूनी हिसावमा सम्पती आर्जन गर्छ भने उसले भोलिको दिनमा सोच्न हुर्मत नै नराख्ने गरी कारबाही हुन आवश्यक छ । उसको सन्नतिले समेत यस्तो खालको काम गर्न नहुने रहेछ भन्नेगरी कारबाही हुनुपर्छ भन्ने मान्यता राख्छ । गैरकानूनी काम एक ठाउँमा गर्दा त्यसको असर विश्वभर पर्छ । अन्तर्राष्ट्रिय रुपमा पनि प्राथमिकताका साथ नियमन र नियन्त्रण गर्ने गरिएको छ । फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरण गैह्रकानूनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ । यस क्षेत्रमा कानूनी, नीतिगत र संरचनागत रूपमा काम हुँदै आएको छ । एशिया प्रशान्त क्षेत्रमा एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ ९एपीजी० ले मूल्याङ्कन गर्ने गरेको छ । यो क्षेत्रमा सुधार भए÷नभएको हेरेर एपीजीले सम्पती शुद्धीकरणको कालोसूचिमा लैजान्छ । नेपाल तेस्रो मूल्याङ्कनपछि अब्जरबेसन सकिएको छ । हामी लिस्टिङको स्टेजमा छौं । एफएटीएफले गर्ने फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर लिस्टिङको स्टेजको अवस्था थाहा हुनेछ । लिस्टमा समावेश भयो भने पनि हामी बाहिर निस्कने धेरै आधारशिलाहरु बनेका छन् । ।कानूनहरु सबै बनेका छन् । नियमावलीहरु आइसकेको छ । हामी स्टेकहोल्डरले प्रभावकारी रुपमा कार्यान्वयनमा जाने विषय छ । जोखिमका ठाँउहरु पत्ता लगाएर जोखिम न्युनिकरण गर्नेगरी काम गर्नु पर्ने छ । सबै एक साथ काम गर्दा हामी चाँडै निस्कने अवस्था छ ।’
उहाँले पछिल्लो समय नयाँ–नयाँ रुपमा जोखिमहरु आइरहेको भन्द ैत्यस्ता जोखिमलाई न्युनिकरण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गैरकानूनी हिसावमा सम्पती आर्जन गर्नेलाई कडा कारबाही हुनुपर्ने बताउनु भयो ।