४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबलअघि तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

तामाङको प्रशिक्षणमा यसअघि महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपमा उपविजेता भएको थियो ।

फाइनलमा बंगलादेशसँग पराजित भएपछि तामाङले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

यद्यपी उनी नेपाल, कीर्गिस्तान, लेबनान र म्यानमारबीच हुन लागेको फुटबल च्याम्पियनसीपका लागि पुनः टोलीको प्रशिक्षकका रूपमा फर्किएका हुन् ।

नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा नेपालसँगै कीर्गिस्तान, लेबनान र म्यानमारबीच च्याम्पियनसीप हुँदै छ ।