६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः लेस्टरसँग हार्यो टोटेनहम, युनाइटेडको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पराजय ब्यहोरेको छ । गएराति भएको खेलमा टोटेनहम घरेलु मैदानमै लेस्टर सिटीसँग १–२ गोलले पराजित भएको हो ।

खेलमा सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो । ३३ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए । तर, ४६ औं मिनेटमा जेमी भर्डी र ५० औं मिनेटमा विलाल एल खान्नोउसले गोल गर्दै लेस्टरलाई जित दिलाए ।

टोटेनहमको यो लगाता चौंथो हार हो । टोटेनहम २३ खेलबाट २४ अंकका साथ तालिकाको १५ औं स्थानमा छ भने लेस्टर १७ अंकका साथ १७ औं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले फुलहमलाई १–० गोलले हरायो । युनाइटेडको जितमा एकमात्र निर्णायक गोल लिसान्ड्रो मार्टिनेजले गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजापछि फुलहम २३ खेलबाट ३३ अंकका साथ तालिकाको १० औं स्थानमा छ भने युनाइटेड २९ अंकका साथ १२ औं स्थानमा छ ।