५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व छ : मन्त्री यादव



अ+ अ-

बारा। खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व रहेको बताएका छन्।

आज बारा जिल्लाको कलैया सिटी जेसीसको १६ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका छन् । उनले  भने “जेसीस नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्ने विश्वव्यापी संस्था हो । समाजमा जेसीसको महत्त्वलाई विशेष रूपमा उजागर गरिएको छ ।”

सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री यादवले सक्षम, दृढवान, र क्षमतावान व्यक्तित्वको निर्माण गर्दै समाजमा नेतृत्व क्षमताको विकास गर्ने यस संस्थाले खेल्ने भूमिकालाई पनि उच्च प्रशंसा गरिदै आएको समेत बताए ।

उनले भने “जेसीस संस्थालाई अझ सक्षम बनाउने र उपयुक्त अवसरहरू उपलब्ध गराउन आवश्यकता छ, समाजमा जेसीसको ठूलो योदना र महत्व रहेको छ ।”