काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएको हो ।
योसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् । त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएसँगै थुनछेक आदेश जारी गर्नेछ ।