३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो केबलकार’ आन्दोलनमा घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइयो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको विरोधका क्रममा प्रहरीको गोलीबाट घाइते भएकामध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र एपीएफबीच शनिबार दिउँसो झडप भएको थियो ।

प्रहरीको गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा र मंगल लावती घाइते भएका थिए । घाइतेमध्ये तेह्रथुमका यामबहादुर, पाँचथर मिक्लाजुङ गाउँपालिका सगुन र धर्मेनलाई काठमाडौं ल्याइएको हो ।

घाइतेमध्ये एक जना भने विराटनगरमा उपचारपछि डिस्चार्ज भएका छन् । आन्दोलनको क्रममा पक्राउ परेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ताप्लेजुङ प्रहरीको हिरासतमा छन् ।

शनिबार बेलुका करिब ६ बजे पाथीभरा क्षेत्रको बलुडाडाँमा प्रहरी पुगेपछि आन्दोलनकारीले माथिबाट ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।