• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

मानवीय सहायता सामग्री अफगानिस्तान स्थित संयुक्त राष्ट्रसङ्घको मिशनलाई हस्तान्तरण



काठमाडौ I नेपालले अफगानिस्तानलाई सहयोग स्वरुप उपलब्ध गराएको करिब १४ टन मानवीय सहायता सामग्री राजधानी काबुल स्थित संयुक्त राष्ट्रसङ्घको मिशनलाई हस्तान्तरण गरेको छ ।  परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोलीले अफगानिस्तानको राजधानी काबुल स्थित संयुक्त राष्ट्रसंको मिशनलाई नेपालको सहयोग हस्तान्तरण गरेको हो ।

हिमालय एयरलाइन्सको जहाजबाट  करिब १४ टन सहायता सामग्री लिएर आज बिहान बिहान काबुल प्रस्थान गरेको थियो । संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको  हो ।

सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, यहाँस्थित महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो । सहसचिव लम्साल नेतृत्वको टोलीले काबुलस्थित संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलाई मानवीय सहायता सामग्री आजै हस्तान्तरण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।