४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः लिभरपुल र बर्नमाउथको फराकिलो जित, आर्सनलको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले इप्सविच टाउनलाई ४–१ गोलले हराएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन कोडी गाक्पोले दुई तथा डोमिनिक सोबोज्लाइ र मोहम्मद सलाहले एक–एक गोल गरे । इप्सविचका जाकोव ग्रिभ्सले एक गोल फर्काए ।

जितसँगै शीर्षस्थानको लिभरपुलको २२ खेलबाट ५३ अंक छ । इप्सविच १६ अंकका साथ १८ औं स्थानमा छ ।

 

यस्तै, गएराति नै भएको अर्को खेलमा बर्नमाउथले नटिङहमलाई ५–० गोलले हरायो । घरेलु टोलिको जितमा डाङ्गो ओउटाराले ह्याट्रिक गरे भने जस्टिन क्लिभर्ट र एन्टोनि सेमेन्योले एक–एक गोल गरे ।

खेलको नवौं मिनेटमा नै क्लिभर्टको गोलबाट बर्नमाउथले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ५५,६१ र ८७ औं मिनेटमा गोल गर्दै ओउटाराले ह्याट्रिक गरे ।

यस्तै, खेलको इन्जुरी समयमा सेमेन्योले गोल थप्दै बर्नमाउथलाई ५–० को जित दिलाए ।

यो नतिजापछि बर्नमाउथ २३ खेलबाट ४० अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ । नटिङहम ४४ अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले वल्भ्सलाई १–० गोलले हरायो । पाहुना टोलि आर्सनललाई जित दिलाउन एकमात्र गोल रिकार्डो कालाफिओरीले गरे ।

उनले खेलको ७४ औं मिनेटमा गोल गरेका हुन् । खेलको ४३ औं मिनेटमा लेविस स्केलीले रातो कार्ड खाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

यता, ७० औं मिनेटमा वल्भ्सका जोआओ गोमेजले पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

जितसँगै २३ खेलबाट ४७ अंक जोडेको आर्सनल अंकतालिकाको दोस्रो स्थानमा छ । वल्भ्स १६ अंकका साथ १७ औं स्थानमा छ ।