५ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न वर्षाले विभिन्न सडक अवरुद्ध बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीले चेल्सीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोलले हराएको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन होस्को जिभार्डिओल, एर्लिङ हालाण्ड र फिल फोडेनले गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै नोनी माडुएकेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर चेल्सी उक्त एक गोलमै सिमित बन्यो ।

४२ औं मिनेटमा जिभार्डिओलले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए ।

६८ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता बनाए भने ८७ औं मिनेटमा फोडेनले गोल थप्दै सिटीलाई ३–१ को जित दिलाए ।

जितसँगै सिटी २३ खेलबाट ४१ अंकका साथ चौंथो स्थानमा उक्लिएको छ । चेल्सी ४० अंकका साथ छैटौं स्थानमा छ ।