४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित हुन्छः मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले स्वच्छ, मर्यादित भएर कलम चलाउनुपर्ने बताए।

प्रेस चौतारी नेपाल, मोरङ समितिको नवौँ अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सत्यतथ्यका आधारमा समाज परिवर्तनका लागि समाचार सम्प्रेषण गर्न सुझाव दिए।

उनले प्रदेशसभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित गरी कानुन बनाउने जानकारी दिँदै यसबाट यस क्षेत्रका सञ्चारकर्मीहरुको वृत्तिविकासमा ठूलो सहयोग पुग्ने विश्वास जनाएका छन्।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले समाजमा पछाडि परेका जनताको समाचार सम्प्रेषणमा प्राथमिकता दिन सञ्चारकर्मीहरुलाई आग्रह अरेका छन्। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरे, पार्टीका मोरङ अध्यक्ष बाबुराम कार्कीले प्रविधिको प्रयोगमार्फत सञ्चारकर्मीहरु दक्ष हुनुपर्ने सुझाव दिए ।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार अरुण खबरका प्रधान सम्पादक महेन्द्र विष्टलाई प्रदान गरेका छन् । मुख्यमन्त्री कार्कीले विष्टलाई नगद रु २१ हजारसहित सम्मान गरेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।