१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पत्रकारहरूले नागरिकको चेतना र भावनाको सम्मान गर्न सक्नुपर्ने’



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेले पत्रकारहरूले नागरिकको चेतना र भावनाको सम्मान गर्न सक्नु पर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाको १० औँ जिल्ला अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालका पत्रकारहरूको संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको सिरबाट तल हेर्ने र नेपालको सबैभन्दा होचो भाग केचनाबाट माथि उठ्ने साहस हुनुपर्ने बताउनुभयो ।

इमानदारीताका साथ मेहनत गर्दा र संगठनलाई घात नगरी काम गर्दा सबैले अवसर पाउनेमा उहाँले जोड दिनुभयो । तथापि मलाई यही पद चाहिन्छ भन्ने कुरा भने गलत भएको बस्नेतले प्रष्ट पार्नुभयो ।

नेपालको वर्तमान संविधान जारी गर्न झाबाट निर्वाचित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको महत्त्वपूर्ण योगदान भएको बताउँदै बस्नेतले आज तिनै ओली माथि चौतर्फी आक्रमण भइरहेको बताउनुभयो ।

राष्ट्रियताको झण्डा उठाए बापत र मुलुकको लागि संविधान जारी गरेबापत आज ओली माथि आक्रमण भइरहेको उहाँले बताउनुभयो । आज मुलुक बन्ने भयो र आफ्नो खेती बन्द हुने भयो भनेर आत्तिएकाहरू वर्तमान प्रधानमन्त्री विरुद्ध लागेका बस्नेतको भनाई छ । ‘नयाँका नाममा पनि त्यही खेती छ, पुरानाका नाममा पनि त्यही खेती सुरु भएको छ’, उहाँले भन्नुभयो ।

बस्नेतले अहिले देश र सरकार माथि सामाजिक सञ्जाल मार्फत आक्रमण भइरहेको उहाँले बताउनुभयो । यसलाई चिर्न मेचीदेखि महाकालीसम्मका प्रेस चौतारी आबद्ध पत्रकारलाई लाग्न उहाँले आग्रह गर्नुभयो । ‘सामाजिक सञ्जाल माथि राष्ट्र र राष्ट्रियता माथि भइरहेको आक्रमण प्रेस चौतारी नेपालले चिर्न सक्छ’, उहाँले भन्नुभयो ।