४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पत्रकारहरूले नागरिकको चेतना र भावनाको सम्मान गर्न सक्नुपर्ने’



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेले पत्रकारहरूले नागरिकको चेतना र भावनाको सम्मान गर्न सक्नु पर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाको १० औँ जिल्ला अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालका पत्रकारहरूको संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको सिरबाट तल हेर्ने र नेपालको सबैभन्दा होचो भाग केचनाबाट माथि उठ्ने साहस हुनुपर्ने बताउनुभयो ।

इमानदारीताका साथ मेहनत गर्दा र संगठनलाई घात नगरी काम गर्दा सबैले अवसर पाउनेमा उहाँले जोड दिनुभयो । तथापि मलाई यही पद चाहिन्छ भन्ने कुरा भने गलत भएको बस्नेतले प्रष्ट पार्नुभयो ।

नेपालको वर्तमान संविधान जारी गर्न झाबाट निर्वाचित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको महत्त्वपूर्ण योगदान भएको बताउँदै बस्नेतले आज तिनै ओली माथि चौतर्फी आक्रमण भइरहेको बताउनुभयो ।

राष्ट्रियताको झण्डा उठाए बापत र मुलुकको लागि संविधान जारी गरेबापत आज ओली माथि आक्रमण भइरहेको उहाँले बताउनुभयो । आज मुलुक बन्ने भयो र आफ्नो खेती बन्द हुने भयो भनेर आत्तिएकाहरू वर्तमान प्रधानमन्त्री विरुद्ध लागेका बस्नेतको भनाई छ । ‘नयाँका नाममा पनि त्यही खेती छ, पुरानाका नाममा पनि त्यही खेती सुरु भएको छ’, उहाँले भन्नुभयो ।

बस्नेतले अहिले देश र सरकार माथि सामाजिक सञ्जाल मार्फत आक्रमण भइरहेको उहाँले बताउनुभयो । यसलाई चिर्न मेचीदेखि महाकालीसम्मका प्रेस चौतारी आबद्ध पत्रकारलाई लाग्न उहाँले आग्रह गर्नुभयो । ‘सामाजिक सञ्जाल माथि राष्ट्र र राष्ट्रियता माथि भइरहेको आक्रमण प्रेस चौतारी नेपालले चिर्न सक्छ’, उहाँले भन्नुभयो ।