• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

उत्पादन भएको मकैले बजार पाएन



नारायणपुर । दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गर्नुभएको थियो । गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि बिक्री नभएको उहाँले बताउनुभयो । मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई बिक्री नहुँदा समस्या भएको छ । 

गत वर्ष घरबाटै मकै बिक्री गर्नुभएका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताउनुभयो । गत वर्षको बिक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै बिक्री नभएको उहाँको भनाइ छ । कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिएमा कृषकलाई सहज हुने चौधरी बताउनुहुन्छ । 

सोही ठाउँका रामबहादुर चौधरीको पनि मकै बिक्री हुन सकेको छैन । उहाँले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल बिक्री भएको छैन । गएको फागुनसम्म तयार भएको मकै रु ३५ केजीमा बिक्री भएपनि पछि उत्पादन भएको मकै बिक्री भएको छैन । मकैको भाउ अहिले बजारमा प्रतिकेजी रु १८ मात्रै छ । “बजार भाउमा नै बिक्री गरौँ भन्दा पनि ब्यापारीले लिन मान्दैनन्”, चौधरीले भन्नुभयो । 

लमही नगरपालिका­८ सतबरियाका देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै बिक्री गरेको बताउनुभयो । गत वर्ष रु ३५ प्रतिकेजीको दरले मकै बिक्री गर्नुभएका चौधरीले यस वर्ष रु १८ प्रति केजीका दरले बिक्री गरेको बताउनुभयो । बन्दाबन्दीले गर्दा दाना उत्पादन कम भएको कारण मकैको मूल्य घटेको ब्यापारीहरु बताउँछन् । उत्पादित मकै जिल्ला बाहिर नगएको र पशुको आहारा घटेको कारण किसानले मूल्य नपाएको पशुविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले बताउनुभयो ।