४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल ओखलढुङ्गाको अध्यक्षमा प्रवीण मुनाल निर्वाचन



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल ओखलढुङ्गामा नयाँ नेतृत्व चयन भएको छ ।

संगठनका शुक्रबार सम्पन्न पाचौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो । अध्यक्षमा प्रवीण मुनाल सर्वसम्मत हुँदा उपाध्यक्षमा यामुलाल ढकाल निर्वाचित हुनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा देवीका राई निर्वाचित हुनुभएको छ ।

अधिवेशनले सचिवमा कृष्णजीत राई चुनिँदा सहसचिवमा लक्ष्मी बानिया निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा राधा बानिया सर्वसम्मत हुनुभएको छ ।

सदस्यहरूमा क्रमशः उद्धवराज राई, सजिना राई, रसिलामाया राई, पासाङ तामाङ र सागर उपकार निर्वाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा ईश्वर तामाङ निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा रविन श्रेष्ठ र सरस्वती बानिया चुनिनु भएको छ ।