८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आयोजना अलपत्र हुँदा खानेपानी समस्या

आयोजना अलपत्र हुँदा खानेपानी समस्या
अ अ+ अ-

बरहथवा । छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोल निवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोख्नुभयो । खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख पाएको उहाँको भनाइ छ ।

लामाको आँगनमा गाडेको ट्युबेलबाट निकै आर्सेनिकयुक्त पनि आउने गरेको थियो । आर्सेनिक पानीले गाउँमा क्यान्सरको सङ्क्रमण फैलिएको हल्लापछि उहाँले पनि ट्युबेलको पानी प्रयोग बन्द गर्नुभयो । तर, त्यसको विकल्पमा विपन्न परिवारले जारको पानी किनेर खाने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । “बिहान पानी आउने समयमा कहिले बालबालिका स्कुल पठाउने चटारो हुन्छ” लामाले भन्नुभयो, “पानी आएर गइसकेको हुन्छ । थाप्न पनि भ्याइँदैन । साँझमा पनि विजुली भएको समय दुई घण्टा आउँछ । खाना पकाउने पानीसम्म पनि कि त किन्नु पर्यो कि त माग्नुपर्छ ।”

लामाजस्तै हरिवन नगरपालिका–५, निवासी प्रेमशीलाकुमारी साहको समस्या पनि फरक छैन् । घरमा एक्ले रहनुभएको उहाँ कयैन पटक पानी थाप्न नपाउँदा खाने पानीसमेत किनेर खानुपरेको बताउनुहुन्छ । अझ पानीको समस्याले धेरै महिलालाई पिरोल्ने गरेको उहाँको अनुभव छ । पानीको समस्याले परिवारमा कलह हुने तथा महिला घरेलु हिंसासमेतमा परेको उहाँको भनाइ थियो । खेतबाट फर्कँदा पानी थाप्छ ढिला भएकाले छिमेकमा झैझगडासमेत हुने गरेको उहाँ सुनाउनुहुन्छ । हुने खानेहरू जारको पानी किनेर खाने गर्छन, विपन्न परिवार अलपत्र आयोजनाको चपेटामा रहेका उहाँको भनाइ छ । पानीको समस्याले पालेको पशु वस्तुसमेत बेच्नु परेको साहले गुनासो गर्नुभयो ।

विसं २०७५ सालबाट निर्माण शुरु भएको आयोजनामा चरम ढिलासुस्ती भएपछि उपभोक्ता समितिले सिधै डिप बोरिङबाट पानी वितरण सुरु गरेको छ । यसले एकतर्फ स्थानीयलाई पानी कुरेर बस्नु पर्ने बाध्यता छ । अर्कोतर्फ समितिको विद्युत् लगानीलगायतको खर्च आम्दानीभन्दा धेरै हुने गरेको सिद्धार्थ टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष मनोज लामाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरासर काम गर्दा सात महिनामा सकिने काम छ वर्षदेखि अलपत्र पारेर राख्दा आयोजनाको लागत समेत बढिरहेको छ ।”

नगर जिल्ला खानेपानी, प्रदेश तथा सङ्घीय सरकारसम्म पुग्दा पनि आश्वासन बाहेक केही नपाएको उक्त वडाका वडाध्यक्ष नागेन्द्र साह बताउनुहुन्छ । पानी खुवाउन भनेर पाइप लाइन र धारासमेत वितरण भइसक्दा पनि ओभरहेड ट्याङ्की निर्माण नसकिएको उहाँको भनाइ छ । काम अलपत्र हुँदा वडाका नौ सय नौ हजार तीन सय घरधुरीले स्वच्छ खानेपानीको सुविधाबाट बञ्चित हुनुपरेको छ ।

यस वडामा झण्डै डेढ दशकदेखि मानिसमा क्यान्सरजन्य घातक रोगको सङ्क्रमण देखिएको छ । क्यान्सरको सङ्क्रमणबाट आक्रान्त स्थानीयले पानीको समस्या आँकलन गर्दै ट्युबेलको पानी प्रयोग बन्द गरेका छन् । त्यसयता यस वडामा मात्र एक दर्जन बढी गाउँका स्थानीयले पिउने पानीको सङ्कट झेलिरहेका छन् । यस क्षेत्रका ट्युबेलको पानी परीक्षणमा अत्यधिक मात्रामा आर्सेनिक फेला परेको थियो ।

अत्यधिक आर्सेनिक युक्त पानी फेला परेको र स्थानीयमा क्यान्सरको महामारी रहेको विभिन्न सञ्चार माध्यममा खबर फैलिए पछि सङ्घीय सरकार अन्तरगत खानेपानी मन्त्रालयले पानी परीक्षण गराएको थियो । त्यसबाट यस क्षेत्रका ट्युबेलको पानी पिउन अयोग्य रहेको भन्दै प्रदेश सरकारले उक्त खानेपानी तथा सरसफाइ आयोजना सुरु गरेको थियो ।

आयोजना अन्तरगत ओभरहेड ट्याङ्की निर्माणकार्य नै अलपत्र बनेपछि स्थानीयको खानेपानीको समस्या ज्युँका त्युँ बनेको हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकीले बताउनुभयो । प्रदेशबाट सुरु भएको योजना भएकोले नगरले लगानी गर्न पनि नसकेको र ताकेता गर्दा पनि अटेर गरेको उहाँको दावी छ ।

यता डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय मलङ्गवाका निमित्त प्रमुख रामनाथ साहले प्राप्त बजेट अभावमा समयमै कार्य सम्पन्न हुन नसकेको बताउनुभयो । “यो सङ्घीय सरकारको योजना हो” उहाँले भन्नुभयो, “वर्षेनी थोरैथोरै मात्र बजेट आउँदा काम ढिलाइ भएको हो ।” यस वर्ष प्रदेश सरकारबाट रु ४० लाख विनियोजन भएकाले काम सम्पन्न हुने उहाँले विशवास व्यक्त गर्नुभयो । दुई लाख २५ हजार घनमिटर क्षमताको ट्याङ्की निर्माणको लागि सङ्घ सरकारले गत वर्षसम्म रु ८० लाख खर्च गरिसकेको बताइएको छ । यस वर्ष सङ्घ सरकारबाट थप बजेट नआएपछि प्रदेशबाट रु ४० लाख हालेर काम सम्पन्न गर्ने योजना बनाएको उहाँको भनाइ थियो ।

एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन २० गते कमलेश निर्माण सेवा लक्ष्मीपुर–५, सर्लाहीले ओभरहेड निर्माणको ठेक्का सकारेको थियो । निर्माण कम्पनीले कुल ७४ लाख ९९ हजार तीन सय ४२ रुपैयाँ २७ पैसामा ठेक्का लिएको डिभिजन खानेपानी कार्यालयले जनाएको छ ।