६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीआईबीको प्रहरी भन्दै करोड बढी ठगी गर्ने युवक पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरीदेखि भन्सारको ऐजेन्टसम्मको नक्कली परिचय दिँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका– २ का ३५ वर्षीय कुशल ठकुरी भनिने दिनेश घिमिरे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति १० बजे ठमेलबाट पक्राउ गरेको हो ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा आएका सुन, आइफोन छुटाउनेदेखि भन्सारले लिलाम गर्न लागेका स्कर्पियो, क्रेटा गाडीहरू समेत सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको खुलेको छ ।

विश्वासमा पारेपछि उनले आफ्नो बैंक खातामा रकम हाल्न लगाएर एक करोड रुपैयाँ बढी ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । यो भन्दाअघि ठगी तथा बैंकिङ कसुर गरी उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ ।