• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द हुने



काठमाडौँ । सरकारले माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले माघ १५ सम्म मनोरञ्जन क्षत्र बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

निर्णयानुसार रात्रिकालीन व्यवसाय, फिल्म हल र जिम हल बन्द गरिएको छ । यसबाहेक भिडभाड हुने क्षेत्रलाई मध्यनजर गरी कोभिड प्रोटोकल पनि गरिएको गरेको छ ।