८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हिउँदे विदा उपयोगः शिक्षक तालिम, नतिजा सुधारका कक्षा र सिर्जनात्मक सिकाइ

हिउँदे विदा उपयोगः शिक्षक तालिम, नतिजा सुधारका कक्षा र सिर्जनात्मक सिकाइ
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको पुस्तकरहित शुक्रबारका क्रियाकलाप सञ्चालन गर्न पाठ्यक्रमको प्रारम्भिक मस्यौदामाथि क्षेत्रगत विज्ञबाट सुझाव लिएको छ । कामपाले विद्यालयको हिउँदे विदामा यसबबारे सुझाव लिएको हो ।

महानगरले माघ ६, ७ र ८ गते दरबार हाइस्कूलमा विश्वविद्यालयका प्राध्यापक, विषय विज्ञ, सामुदायिक विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक र वुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन साझेदारहरुका बिचमा यसअघि गरिएका कार्यक्रमबाट प्राप्त उपलब्धि, सिकाइ, अनुभवका आधारमा विद्यार्थीहरुको ज्ञान, सिप र आचरण सुधारका लागि पृष्ठपोषण गरेको थियो ।

महानगरले एक वर्षभित्र २५ वटा शुक्रबार पुस्तकरहित क्रियाकलाप सञ्चालन गर्दा प्रशिक्षकसहित ७५ घण्टाका क्रियाकलाप, प्रशिक्षक विनाका क्रियाकलाप, २५ घण्टाको परियोजना कार्य, विद्यालय, प्रधानाध्यापक, फोकल शिक्षक, शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका र सहभागिता निर्धारण गरिएका छन् । यसरी सञ्चालन गरिने क्रियाकलापका लागि आवश्यक पर्ने स्रोत, प्रशासनिक तथा प्राविधिक खर्च, स्रोत व्यक्तिहरुको पहिचान र सम्लग्नता सम्बन्धी विषयमा छलफल, प्रस्तुतिकरण र लेखन भएको छ ।

यस्तै, महानगरले दरबार हाइस्कूलमा नेपाल भाषाका सहायक प्रशिक्षकका लागि नियमित मूल्याङ्कन सम्बन्धी तालिम प्रदान गरेको थियो । पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा प्रारम्भिक बाल विकास सहजकर्ताका लागि सैद्धान्तिक र प्रयोगात्मक तालिम गराईएको थियो भने पद्मोदय माध्यमिक विद्यालय, रामशाहपथमा कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका शिक्षकका लागि एकीकृत र सिर्जनात्मक सिकाइको तालिम प्रदान गराईएको थियो ।