५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः अल्भारेज चम्किँदा एट्लेटिको विजयी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा एट्लेटिकोले जर्मन क्लब बायर लेभरकुसेनलाई २–१ गोलले हराएको हो । घरेलु टोलिको जितमा दुबै गोल युलियन अल्भारेजले गरे ।

खेलको २५ औं मिनेटमा पाब्लो बारिओसले रातो कार्ड खाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा पिएरो हिन्कापीले गोल गर्दै लेभरकुसेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ५२ औं र ९० औं मिनेटमा अल्भारेजले गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण जित दिलाए । ७६ औं मिनेटमा लेभरकुसेनका गोलस्कोरर पिएरो रातो कार्ड खाँदै बाहिरिएका थिए ।

एट्लेटिको ७ खेलबाट १५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदा १३ अंक जोडेको लेभरकुसेन छैटौं स्थानमा छ ।