नेपाली श्रमिकहरू ठूलाे संख्यामा मलेसिया, युएइ, कतार, साउदी अरेबिया, ओमान समेतका मुलुकमा कार्यरत छन् । यी मुलुकबाट नेपाल फर्कन चाहनेहरू बिमान उडानकाे प्रतीक्षामा छन् । अहिले सरकारले उडान संख्या बढाएसँगै नेपालीहरू स्वदेश फर्कन पाउने अवस्था सिर्जना हुँदैछ । यी मुलुकहरूमा रहेका नेपाली राजदूतहरू चाहिँ के गर्दैछन् ? सुनाैं केही मुलुकका राजदूतकाे भनाइ ।








