८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती

जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती
अ अ+ अ-

महोत्तरी । माघको पहिलो साता सकिनैलाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न दलित बस्ती अझै चिसोको कहरबाट निस्कन सकेका छैनन् । दुई दिनयता मध्याह्नतिर घाम देखिए पनि त्यसअघिको शीतलहरले दलित बस्ती अझै जाडोको केही सहारा पाइन्छ कि भन्ने आशमै छन् ।

पछिल्लोपटक माघे सङ्क्रान्तिसँगै बढेको लगातारको बाक्लो हुस्सु र त्योसँगै बहने चिसो स्याँठले दलित बस्तीका पराले झुप्रामा ओसले लछ्रप्प भिजाएको भुइँ अझै ओभाएको छैन । बस्ने भनौँ कि सुत्ने खरको भित्ता र परालको छानोका केही झुप्रा छन् । झुप्राभित्र न ओढ्ने, न ओछ्याउने केही छैन । केवल पराल ओछ्याइएको छ, त्यो पनि ओसले भिजेको छ । अहिले महोत्तरीका सबैजसो स्थानीय तहका गरिब बस्तीको अवस्था हो यो । खासमा मुसहर र बाँतर जाति समुदायका बस्तीमा जाडोको कहरले अझै छाडेको छैन ।

पुस मध्यपछिको शीतलहर काटेर अन्त्यतिर घाम देखिन थालेपछि यसपालिको कष्ट पार लगाइयो भन्ने सोचेका यस्ता बस्तीका गरिबले तिला सक्रायत (माघे सङ्क्रान्ति) राम्ररी मनाउन पाएनन् । आफ्ना अभाव र दुःख लुकाउँदै मनाइने तिला सक्रायत (माघे सङ्क्रान्ति) कै दिन बढेको हुस्सु र चिसो स्याँठले लगलगी मुटु कमाउने जाडो बढेपछि गरिब बस्तीमा पर्वको रौनक छाउन नसकेको ती बस्तीका दलित बताउँछन् । “जाड स सारा शरीर सुकैरगेल, कि पावैन मनवैतो” (जाडोले कक्य्राएको थियो, के पर्व मनाउनु ?) पर्वका दिनको अवस्था सम्झदै भङ्गाहा–३ सकरीको दलित बस्तीकी पारो बाँतर भन्नुहुन्छ, “आस तकैछी जे कोई अई जाडके सहारा बैनतै” ९पर्खदै छौं, सहारा बनेर कोही आइहाल्थे कि ?।

पारोजस्तै सो बस्तीका मुसहर र बाँतरका ५० परिवार अहिले राहत पर्खदैछन् । नजिकको भङ्गाहा–४ रामनगरको मुसहरी टोलकी हेमनी सदा मुसहर जाडोले कक्य्राएको शरीर अझै कतै काममा जानसक्ने नभएको बताउनुहुन्छ । “कतो काज कर नई जासकैछी, झुपडीमें आब न खाएके दाना अई, न पहिरके कोनो गरम कपडा” (जाडोले कतै काम गर्न जान सकेको छैन, झुप्रोमा अब न खाने अन्न छ, न न्यानो कुनै लुगा) हेमनी भन्नुहुन्छ, “आब नई बुझाइय, जे इ ठण्ड पार करब” (अब लाग्छ, यो चिसो काट्न सकिन्न) । हेमनी मात्र नभएर सो बस्तीका ३५ घर मुसहरको उस्तै अवस्था छ ।

जिल्लामा अति विपन्न अरु जाति समुदाय पनि छन्, तर मुसहर, बाँतर भने अन्यभन्दा निकै कष्टमा छन् । यी दुबै जाति समुदायजस्तै मेस्तर, डोम, खत्बे, हलखोर, चमार र पासवानसहितका दलित समुदायको अवस्था दयनीय देखिन्छ । यद्यपि, यी समुदाय बाँतर, मुसहरभन्दा आमरुपमा अलि उक्सेका जस्ता देखिन्छन् । कुनै बस्ती छिचोल्दा पराले झुप्राका गुजुमुज्ज बस्ती देखिएपछि सो ठाउँबारे अनजानले पनि यो मुसहर, बाँतरको बस्ती रहेछ भनेर लख काट्न सक्ने भङ्गाहा–४ को मुसहर बस्तीकै नजिकका ७५ वर्षीय वृदेवसिंह दनुवार बताउनुहुन्छ ।

मुसहर, बाँतरको भन्दा यी अरु समुदाय थोरै माथि देखिन्छन् । यिनमा पनि डोम, हलखोर र मेस्तर अरूभन्दा निम्सरा नै देखिने सामाजिक संस्था प्रयास महोत्तरीका अध्यक्ष एकडाराको भटौलिया बस्तीका प्रवीण कर्ण बताउनुहुन्छ । “मुसहर, बाँतरका उस्तै पराले झुप्रा हुन्छन्, यी दुबैको रहनसहन, चाडपर्व र कामको क्षेत्रपनि मिल्दाजुल्दा छन्”, कर्ण भन्नुहुन्छ, “यी समुदाय शिक्षा, स्वास्थ्य र अन्य विकासका अवसरबाट निकै पछि छन् ।”

शिक्षा, स्वास्थ्यमा पहुँच र विकासका अन्य अवसरबाट पूरै बेखबर यहाँका मुसहर र बाँतरको मुख्य काम कृषि मजदुरी हो । आफ्नो गरिबी र अभावबारे भगवान्बाहेक कसैसँग यिनीहरुको गुनासो छैन । ‘न राख्ने अन्न, न साँच्ने धन’ आहानका लागि मुसहर, बाँतर उदाहरणमा उभ्याइन्छन् । गिरहतको (काम गर्न गइने धनी किसानलाई यिनीहरु गिरहत भन्छन्) खेतबारीमा गरेको कामबापतको बनी (पारिश्रमिक)ले ल्याएको अन्न यिनीहरु कहाँ सामान्यतया बासी रहन्न । ‘कुटी ल्यायो, भुटी खायो’ यिनीहरुका लागिको चलनचल्तीको अर्को आहान हो ।

पछिल्लो माघे सङ्क्रान्तिका दिनदेखि अचाक्ली बढेको जाडोबीच यिनको तातोको सहारा भनेको सडकमा फालिएका झुत्रा, पतिङ्गर र प्लास्टिकका टुक्रा जम्मा पारेर बालिएको ‘घूर’ ९आगो सल्काइएको पतिङ्गर वा भूसको थुप्रो० हो । लछ्रप्प भिजेका यस्ता झुत्रा, प्लास्टिकका टुक्रा र पतिङ्गर राम्ररी नबलेर पचपची धुँवामात्र फाली रहे पनि यिनीहरुका सपरिवार त्यही ‘घुर’ वरिपरि बसेर ‘फू फू’ फुक्दै तातिने आसमा हात फैलाएर बसिरहेका देखिन्छन् । बस्तीका ससाना नानी नाङ्गो आङ्मै त्यही ‘घूर’ को सहारामा तातो खोजिरहेका देखिन्छन् ।

जिल्लामा मुसहर, चमार, पासवान, डोम र खत्बे धेरथोर सबै स्थानीय तहमा बसोबास गरे पनि हलखोर र मेस्तरको बसोबास जलेश्वर वरपर मात्रै भेटिन्छ । यसैगरी, बाँतर जिल्लाको भङ्गाहा नगर क्षेत्रमा मात्र भेटिन्छन् । मुसहर र बाँतरको मुख्य गुजारा खेती मजदूरीमा छ भने अन्य भने अरु काममा पनि देखिन्छन् । डोम सुँगुर पाल्ने र बाँसका चोयाको सामान बनाउँछन् । मेस्तर सरसफाइको काम गर्छन् ।

जिल्लामा कुल जनसङ्ख्या सात लाख छ हजार नौ सय ९४ भित्र यी सबै दलितको बसोबास झन्डै १५ प्रतिशतको हाराहारीमा छ । जिल्लामा मुसहर २७ हजार तीन सय ५२ र खत्बे १९ हजार ६ सय २५ जनसङ्ख्या रहेको २०७८ को राष्ट्रिय जनगणना तथ्याङ्कले देखाएको छ । यसैगरी, डोम, हलखोर र मेस्तरसमेत १० हजारको हाराहारीमा छन् । जिल्लामा चमार २५ हजार दुई सय ३० र पासवान १७ हजार ६ सय नौ रहेको सो गणना तथ्याङ्कले देखाएको छ ।

बर्खाको भेल, गृष्मकालको गर्मी र शीतकालीन चिसो खेप्नु यिनीहरुको साझा नियति झैँ बनेको छ । राज्यका निकायहरुले दलित लक्षित ल्याएका कार्यक्रम पनि दुई÷चार टाठाबाठाबाहेक आम गरिबसम्म नपुगेको यहाँका बुद्धिजीवी बताउँछन् । “खै यिनीहरु जस्ताको त्यस्तै छन्, दलित लक्षित कार्यक्रम कहाँ पुग्छन् को नि १” औरही–१ का सामाजिक राजनीतिक कार्यकर्ता सरोज यादव भन्नुहुन्छ ।

पुस मध्यपछि शीतलहर बढ्दा कतिपय स्थानीय तहले गरिब बस्तीमा राहत उद्धार लगिने बताए पनि यहाँका गरिबले केही पाएका छैनन् । खासगरी दलितभित्र पनि मुसहर र बाँतरको अवस्था दलितभित्रकै अन्य जाति समुदायको भन्दा टिठलाग्दो छ । यस्तो बेला कोही दयालु आइहाल्छन् कि भन्ने आस लागे पनि आपूmहरुको दुःख हेर्न कोही नआएका भटौलियाको मुसहर बस्तीकी अइती सदा बताउनुहुन्छ । भटौलिया जिल्लामा मुसहरको निकै बसोबास भएमध्येको बस्ती हो । यहाँ एक सयभन्दा बढी मुसहर परिवारको बसोबास रहेको सो बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता विजय कर्णको भनाइ छ ।

मुसहर, बाँतर बस्तीमा किशोर र युवा उमेरका पुरुष देखिन्नन् । यी कामका लागि भारतको पञ्जाव, हरियाणा जाने गर्छन् । बस्तीमा महिला, ससाना नानीहरु र वृद्धवृद्धा मात्रै छन् । “के गर्नु हजुर, यहाँको बनीबुतोले मुखमा माड लाग्दैन, छोरा नाति पञ्जाव गएछन्, तिनैले ल्याउने पैसोले गुजारा चल्ने हो” औरही–७ को मुसहरीटोलका ६० वर्षीय भुठ्ठा सदा भन्नुहुन्छ, “यस्तै हो, भगवान्ले गरिबको जुनी दिएछ, काट्नु त पर्छ ।”

जिल्लाका अति पछि परेका मुसहर र बाँतर परिवारमा मीठो खाने कुरा छोरा, नाति पञ्जाव जाने अघिल्लो रात र फर्केका दिन हुन्छ । जाने दिन साहु काढेर यिनीहरु भोेज गर्छन्, फर्केको दिन आफ्नो कमाईले । यसबाहेक चुनावका बेला उम्मेदवारहरुले ख्वाएका मासु–रक्सी यिनीहरु सम्झन्छन् । “चुनावबेर दु तीन दिन माउस आ दारु चल्लै, ओइके बाद कोई घुइरक नई आयल” ९चुनावका बेला दुई÷तीन दिन मासु–रक्सी चल्यो, त्यसपछि त कोही फर्केर आएका छैनन्० भङ्गाहा–२ बखरीको मुसहरीटोलकी नाउँ बताउन नखोज्ने ९यी समुदायका महिला अरूलाई आफ्नो नाउँ भन्न हिच्किचाउँछन्० महिलाले भन्नुभयो, “अखनी जाड स मरैछी, कोई नई तकैय” ९अहिले जाडोले मर्न लाग्या बेला कसैले हेरेनन्० ती मुसहर समुदायकी महिलाले आफ्नो पीडा पोख्नुभयो ।

मुसहर, बाँतरसहितका दलितको अवस्था फेर्न उनीहरुले गर्दै आएका कामको विविधीकरण र नयाँ पुस्तालाई शिक्षा र भरपर्दो सीपसँग जोड्न स्थानीय तहहरुले योजनाबद्ध काम थाल्नुपर्ने भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ । यस दिशामा स्थानीयतह नेतृत्व उदासीन देखिँदा वर्षको एकपटक एक÷दुई छाक खान दिँदा वा एकसरो लुगा दिइँदैमा भने अवस्थामा सुधार नआउने उहाँले बताउनुभयो ।