२९ मंसिर २०८२, सोमबार
,
Latest
राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ ले ४६ दिनमा कति कमायो ?



अ+ अ-

काठमाडौँ। ‘पुष्पा २’ भारतीय बक्सअफिसमा सर्वकालीन धेरै कमाउने भारतीय फिल्म बनेको छ ।

‘पुष्पा २ः द रुल’ ले हिन्दी फिल्म बजारमा अल्लु अर्जुनको स्टारडम झन उचाइमा पुगेको छ । पहिलो दिनदेखि नै पुष्पा २ ले हिन्दी फिल्मका दर्शकलाई जबरदस्त मनोरञ्जन दिँदै आएको थियो ।

यो फिल्म प्रदर्शन भएको ४६ दिन भइसक्यो। तर फिल्मलाई दर्शकले अझै साथ दिइरहेका छन्। सैकनिल्कको रिपोर्ट अनुसार फिल्मले ४६ औं दिनमा १ करोड १८ लाख भारू कमाएको छ।

यस फिल्मले अहिलेसम्म १२२७ करोड ९३ लाख भारू कमाएको छ। फिल्मले विश्वभरबाट १७३४ करोड भारू कमाएको छ।  ‘पुष्पा २’ ले सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मको रेकर्ड राखेको छ।

सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लु र रश्मिकासहित फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।