७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गढीमाई मन्दिरमा तोडफोड गर्नेलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पेश



अ+ अ-

काठमाडौँ : राष्ट्रिय समता पार्टी नेपालले बारा जिल्लाको गढीमाई मन्दिरमा यही माघ ३ गते तोडफोड गर्नेलाई तत्काल कारवाहीको माग गर्दै आज गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र पेश गरेको छ ।

सो पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठ सहितको टोली आज गृहमन्त्री लेखकलाई भेट गरी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरि तत्काल कडा कानुनी कारवाही गर्नुपर्ने माग राख्दै उक्त ज्ञापनपत्र पेश गरेको महासचिव अभिषेक तिवारीद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०८१/१०/०३ गते बिहीबार राती करिब १० बजे को समयमा आपराधिक मानसिकता बोकेका केहि अराजक जत्थाहरुले भाकल स्वरुप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसर भित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोके पश्चात् नगर प्रहरीसँग झडप गरि हातपात समेत गरेको साथै शुक्रबार बिहान पुन: सुनियोजित तवरले केहि अराजक जत्थाहरुका समूहले गढीमाई मन्दिर परिसर भित्र छिरी त्यहाँ रहेको दानपेटीका र पंखाहरु समेत तोडफोड गरि चरम उदण्डता गरेको दृश्यहरु सिसि टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापन पत्र मार्फत जनाइएको छ ।

“कानुनी राज्यको ठाडो उपहास गर्दै अराजक समूहद्वारा बारा जिल्ला स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उदण्डता विरुद्ध तत्काल कारवाही हुनुपर्ने माग राख्दै आज गृहमन्त्री माननीय रमेश लेखक ज्यूलाई गम्भीर ध्यानाकर्षण गराउदै राष्ट्रिय समता पार्टी नेपाल द्वारा ज्ञापान पत्र बुझाएको छ ।” विज्ञप्तिमा उल्लेख छ ।